नेपाल र भारतबीच रियल–टाइम पी–टू–पी क्रस बोर्डर रेमिट्यान्स शुरु

नेपाल र भारतबीच अब सहज, सुरक्षित तथा रियल–टाइममा रकम पठाउन तथा प्राप्त गर्न सकिने

नेपालको एनसीएचएलद्वारा सञ्चालित नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) अब भारतको एनपीसीआईद्वारा सञ्चालित युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) संग इन्टिग्रेट भई नेपाल भारतबीच सुरक्षित, सहज र रियल टाइममा व्यक्ति – व्यक्तिबीच (P2P) फण्ड ट्रान्सफर गर्न सकिने भएको छ । यो क्रस बोर्डर कनेक्टिीभिटीले गर्दा अब नेपाल र भारत मा रहेका प्रयोगकर्ताहरुले आफ्नो संवेदनशील बैंक खाताको विवरणहरु कसैलाई शेयर नगरी सिधैं भर्चुअल पेमेन्ट एड्रेस (VPA) मार्फत थप सहज र सरल रेमिट्यान्सको अनुभव लिन सक्नेछन् ।

NPI–UPI को इन्टिग्रेशनबाट अब प्रयोगकर्ताहरुले दुइ देश बीच आफ्नो परिवारलाई रकम पठाउन, आफ्नो व्यक्तिगत खर्च व्यवस्थापन गर्न वा क्रसबोर्डर फण्ड ट्रान्स्फर सजिलो र रियल टाइममा गर्न सक्दछन् ।

प्रमुख विशेषताहरु

  • नेपाल र भारतबीच रियल टाइममा रकम पठाउन वा प्राप्त गर्न सकिने
  • भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) को आधारमा बैंक खाता शेयर नगरी फण्ड ट्रान्सफर गर्न सकिने
  • चौबिसै घण्टा जुनसुकै समय कारोबार गर्न सकिने
  • बैंक खाताको विवरण शेयर गर्नु नपर्दा कारोबारहरु सुरक्षित हुने
  • फण्ड ट्रान्सफर सिधै बैंकिङ्ग वा पेमेन्ट एपबाट हुने हुँदा सहज रुपमा कारोबार गर्न सकिने

यो सुविधा कसले प्रयोग गर्न सक्छन् ?

  • नेपालबाट भारत ट्रान्सफरका लागिः नेपालको सदस्य बैंकमा खाता भएका भारतीय नागरिकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप वा कनेक्टआइपीएस प्रयोग गरी तोकीएको रकम सीमाभित्र भारतमा रकम पठाउन सक्नेछन् ।
  • भारतबाट नेपालमा ट्रान्सफरका लागि ः भारतमा रहेका भारतीय तथा नेपाली नागरिकहरुले उपलब्ध बैंक वा गैर–बैंक (TPAP) बाट नेपालमा रकम पठाउन सक्नेछन् ।
  • रकम पठाउन वा प्राप्त गर्नका लागि पठाउने र प्राप्त गर्ने दुबैले एक पटक क्रसबोर्डर ट्रान्सफरका लागि अनुमति ( कन्सेन्ट) दिनुपर्ने हुन्छ ।

कारोबार सीमा

  प्रति कारोबार मासिक सीमा  
नेपालबाट भारत भा. .रु. १५,००० सम्म भा.रु. १ लाख सम्म  
भारतबाट नेपाल भा. रु.२ लाख सम्म  
       
       
       

 

व्यक्ति–व्यक्तिबीच हुने क्रसबोर्डरका लागि उपलब्ध च्यानलहरु
नेपालबाट रकम पठाउन

  • मोबाइल बैंकिङ्ग एप
  • कनेक्टआइपीएस एप
  • खाता लिंक भएका पीएसपी एप

भारतबाट रकम पठाउन

  • मोबाइल बैंकिङ्ग एप
  • गैर–बैंक (TPAP) को पेमेन्ट एप

यो सेवा नेपालमा निम्न बैंक तथा वित्तीय संस्थाहरू तथा मोबाइल एपमार्फत उपलब्ध छन्
एभरेष्ट बैंक
ग्लोबाल आइएमई बैंक
हिमालयन बैंक*
माछापुच्छ्रे बैंक
नबिल बैंक
नेपाल एसबीआई बैंक
एनएमबी बैंक*
सिदार्थ बैंक*
कनेक्टआइपीएस
*हाल रकम प्राप्त गर्नका लागि मात्र इनेबल रहेको

हाल यो सुविधा भारतमा निम्न बैंक तथा एपहरुमा उपलब्ध छन्
एक्सिस बैंक
बैंक अफ बरोडा
बैंक अफ इन्डिया
क्यानेरा बैंक
सेन्ट्रल बैंक अफ इन्डिया
डीबीएस बैंक इन्डिया
फेडेरल बैंक
एचडीएफसी बैंक
आईसीआईसीआई बैंक
आईडीएफसी फस्ट बैंक
इन्डियन बैंक
इन्डियन ओभरसीज् बैंक
इन्डिुस्ल्याण्ड बैंक
करुर व्यासा बैंक
कोटक महिन्द्रा बैंक
पञ्जाब नेशनल बैंक
साउथ इन्डियन बैंक
स्टेट बैंक अफ इन्डिया (भीम एसबीआई पे) *
*हाल दुवै रकम पठाउन तथा प्राप्त गर्न मिल्ने

अन्य नेपाल र भारत दुवै तर्फका बैंक तथा सेवा प्रदायकहरु थपिने क्रममा रहेका छन् ।

 

नेपालबाट भारतमा रकम कसरी पठाउने ?
लगइन गर्नुहोस् : आफ्नो मोबाइल बैंकिङ्ग एप वा कनेक्टआइपीएस एप खोलेर लगइन गर्नुहोस् ।
क्रसबोर्डस सेवा इनेबल गर्नुहोस् : यदि तपाईंले पहिलो पटक यो सेवा प्रयोग गर्दै हुनुहुन्छ भने क्रस बोर्डर ट्रान्सफरका लागि अनुमति (कन्सेन्ट) दिनुहोस् ।
क्रसबोर्डर फण्ड ट्रान्सफर छनोट गर्नेः फण्ड ट्रान्सफर भित्र क्रसबोर्डरमा जानुहोस् ।
लाभग्राहीको विवरण राख्ने : आवश्यकता अनुसार लाभग्राहीको विवरणहरु राख्नुहोस् ।
ट्रान्सफर गर्नुपर्ने रकम राख्नुहोस् : नेपाली रुपैयामा रकम राख्नुहोस र सो रकम बराबर भारतीय रुपैया स्क्रीनमा डिस्प्ले हुनेछ ।
ट्रान्जेक्शन अथेन्टीकेट गर्ने : विवरणहरु रुजु गरी ट्रान्जेक्शन पीन तथा ओटीपी राखेर authorize गर्नुहोस् ।
कन्फरमेशन प्राप्त गर्नुहोस् : ट्रान्सफर प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपछि, तपाईंले कारोबार सफल भएको जानकारी प्राप्त गर्नुहुन्छ ।

सेवा शुल्क
नेपालबाट भारतमा रकम पठाउँदा प्रति कारोबार ने.रु. २४० शुल्क लाग्नेछ ।
भारतबाट नेपाल रकम पठाउनका लागि शुल्कको जानकारी भारतको सम्बन्धित बैंक वा एपमा हेर्नुहोला ।
सेवाका लागि उपलब्ध बैंक तथा वित्तीय संस्थाहरुको लिस्ट, कारोबार सिमा र अन्य सेवा सम्बन्धी थप जानकारीका लागि एनसीएचएलको वेवसाइट वा आफ्नो सम्बन्धीत बैंक वा सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस् ।