सेवाहरु

बैंक/वित्तीय संस्था सदस्यहरू

५३

गैर-बैंकिङ्ग सदस्यहरू

१०० +

कारोबार रकम

१४.१ खर्ब (आ. व. २०७९/ ८०)

कारोबार संख्या

८.२ करोड (आ.व. २०७९/ ८०)

परिचय

NCHL को बारेमा

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) नेपाल राष्ट्र बैंकको नेतृत्व र मार्गदर्शनमा २३ डिसेम्बर २००८ (८ पौष, २०६५) मा स्थापित एक पब्लिक लिमिटेड कम्पनी हो । यसमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरू, विकास बैंकहरू र फाइनान्स कम्पनीहरूको शेयर स्वामित्व रहेको छ …

प्रोडक्टहरु

इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (NCHL - ECC)
अन्तरबैंक भुक्तानी प्रणाली (NCHL-IPS)
रिटेल पेमेन्ट स्विच (RPS)
connectIPS
एनपीआई
कर्पोरेटपे
कनेक्टआरटीजीएस
नेपालपे क्यूआर (NEPALPAY QR)
नेशनल आर्काइभ सिस्टम

इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (NCHL – ECC) तस्बिरमा – आधारित, कम लागतको प्रभावकारी MICR (Magnetic Ink Character Recognition) चेक प्रोसेस र सेटल मेन्ट गर्ने एउटा माध्यम हो जसमा सक्कल कागजी चेकलाई चेक प्रिजेन्ट गर्ने बैंकले तस्बिरमा रूपान्तरण गरी भुक्तानी गर्ने बैंकलाई यस प्रणाली मार्फत पठाउने गर्दछ । पहिलेको म्यानुअल प्रकृयालाई विस्थापित गर्दै यसमा सक्कल चेक भुक्तानी गर्ने बैंक सम्म म्यानुअली नपठाई प्रिजेन्ट गर्ने बैंकमा नै बस्ने र भुक्तानी गर्ने बैंकले इमेजको आधारमा रेस्पोन्स गर्ने व्यवस्था रहेको छ जसले गर्दा चेक क्लियरिङ्गको प्रकृया छिटो र सजिलो भएको छ ।

बैंक वित्तीय संस्थाका ग्राहकहरुले आफूसँग रहेको बैंकको चेक आफ्नो खातामा जम्मा गराउन आफ्नो बैंक खाता रहेको नजिकको शाखामा गई NCHL-ECC को सुविधा प्राप्त गर्न सक्नुहुन्छ ।

 

NCHL – IPS एक अन्तरबैंक फण्ड ट्रान्सफर प्रणाली हो जसमा सदस्य बैंक/वित्तीय संस्थाहरू (BFIs) बाट बल्क कारोबारहरु एकैसाथ वा एक – एक गरेर कारोबार गर्न सकिन्छ । यसमा खाता – बाट – खातामा भुक्तानी (डाइरेक्ट क्रेडिट) र संकलन (डाइरेक्ट डेबिट) सम्बन्धित कारोबारहरू सहज रुपमा नै गर्न सकिन्छ।

 

नेशनल पेमेन्ट स्विच (NPS) नेपाल भित्र कार्ड र गैर-कार्डमा आधारित भुक्तानीहरूको अन्तरसञ्चालन सुनिश्चित गर्न खुद्रा लेनदेनको रूटिङ र सेटलमेन्टको लागि मुख्य पूर्वाधार हो। यसमा रिटेल (गैर-कार्ड) आधारित कारोबार र खुद्रा उपकरणहरू ह्यान्डल गर्नको लागि खुद्रा भुक्तानी स्विच (आरपीएस) समावेश छ, जबकि राष्ट्रिय कार्ड स्विच (एनसीएस) मा कार्ड स्विच र घरेलु कार्ड योजना समावेश छ।

कनेक्ट आईपीएस रियल टाइममा रिटेल पेमेन्टको लागि मानकीकृत एकल भुक्तानी प्लेटफर्मको रूपमा लागू गरिएको छिटो भुक्तानी गर्न सक्ने प्रणाली हो । यसले सदस्य बैंकहरू र वित्तीय संस्थाहरू (BFIs) का ग्राहकहरूको लागि कारोबार सुरु गर्न र प्रशोधन गर्न वेब पोर्टल, मोबाइल अनुप्रयोगहरू, भुक्तानी गेटवे र ओपन एपीआईहरू लगायत धेरै माध्यमहरू प्रदान गर्दछ । ग्राहकहरूले कनेक्ट आईपीएस भित्र धेरै बैंक खाताहरू लिङ्क गर्न सक्नुहुन्छ र त्यसपछि फण्ड ट्रान्सफर वा सेवा भुक्तानीको लागि त्यो खाताहरू प्रयोग गर्न सक्नुहुन्छ । कनेक्ट आइपीएस को पेमेन्ट गेटवेलाई एक प्रमुख ई – कमर्स पोर्टलको रूपमा स्वीकार गरिएको छ, साथै कनेक्टआइपीएस को API फण्ड ट्रान्सफर, क्यास-इन, वा क्यास-आउटको लागि PSP हरु को वालेटमा र अधिकांश BFI हरूको मोबाइल बैंकिङमा उपलब्ध छ।

ओपन एपिआई प्लेटफर्मको अवधारणामा Consolidated APIs को रूपमा नेशनल पेमेन्टस् इन्टरफेस (NPI) सञ्चालनमा आएको हो जसले NCHL ले होस्ट गरेका विभिन्न प्रणालीहरु तथा NCHL सँग आबद्ध अन्य संस्थाहरूद्वारा होस्ट गरिएको भुक्तानी प्रणालीहरू र सेवाहरु उपलब्ध गराउँदै आएको छ । हाल यस प्लेटफर्म मार्फत् NCHL-IPS प्रणाली र RPS प्रणाली मार्फत् विभिन्न सेवाहरुमा पहुँच प्रदान भएको छ । यसले मुख्य रूपमा सहभागीहरूलाई एक आपसमा जोड्न र अन्तरआबद्ध भई RPS मार्फत् रियल टाइममा र NCHL-IPS मार्फत् Deferred Credit भुक्तानीहरु विभिन्न उपकरणहरुमा र युजकेसहरुको परिचालन गर्ने कार्य भई रहेको छ ।

कर्पोरेटपे प्रणाली एक व्यापारिक भुक्तानी प्लेटफर्म हो जसले सदस्य बैंक तथा वित्तीय संस्थाहरू (BFIs) का कर्पोरेट र व्यापारिक ग्राहकहरूलाई सदस्य बैंकहरूमा राखिएका कुनै पनि खाताहरूबाट डिजिटल भुक्तानीहरू सुरु गर्न अनुमति दिन्छ।

रियल टाइम ग्रस सेटलमेन्ट (RTGS) प्रणाली मार्फत सदस्य बैंक/वित्तीय संस्थाहरुले (BFIs) हाई भ्यालुका कारोबारका साथै प्रणालीगत रूपमा महत्त्वपूर्ण भएका तत्काल भुक्तानी गर्नुपर्ने कारोबारको प्रोसेसिंग नेट सेटलमेन्टका आधारमा हुन्छ । यसबाट तुरुन्तै फण्ड ट्रान्सफर हुने भएकोले अन्य भुक्तानी प्रणालीहरूको सेटलमेन्ट जोखिमलाई न्यूनिकरण गर्न सहज हुन्छ। RTGS प्रणाली नेपाल राष्ट्र बैंक (NRB) द्वारा कार्यान्वयन र होस्टिंग गरिएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित NepalQR मापदण्डमा आधारित एवं नेपाल राष्ट्र बैंकको मार्गनिर्देशनको आधारमा संचालनमा आएको नेशनल पेमेन्ट स्विच (NPS) को एक भागको रूपमा NCHL द्वारा NEPALPAY QR कार्यान्वयन गरिएको छ । QR स्कीमको रुपमा समेत उपलब्ध रहेको उक्त NEPALPAY QR मा QR बीचको अन्तरआबद्धता मर्चेन्ट लेभलमा र नेटर्वक लेभलमा कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

सदस्य BFIs द्वारा NCHL प्रणालीहरू मार्फत प्रशोधन गरिएका पुराना कारोबार लगायतका विवरणहरूको पहुँचलाई सहजीकरण गर्नको लागि National Archieve को सुविधा उपलब्ध गराइएको छ । नेशनल आर्काइब सिस्टिममा तीन महिना भन्दा पुरानो सबै कारोबारका विवरणहरु भण्डारण गर्न गरिएको छ जसअनुसार यसमा विवरणहरुको अभिलेख ७ वर्ष सम्म भण्डारण गर्ने निति रहेको छ। सदस्य बैंकहरूले NCHL लाई सम्पर्क गरी यस्ता पुराना कारोबारका बिवरणहरूमा पहुँच मा पाउँन सक्नु हुनेछ ।

हाम्रा सदस्यहरू

नेपाल राष्ट्र बैंक

कृषि विकास बैंक

सिटिजन्स बैंक

एभरेष्ट बैंक

ग्लोबल आईएमई बैंक

लक्ष्मी सनराइज बैंक