National Archive System

नेशनल आर्काइभ सिस्टम

सदस्य BFIs द्वारा NCHL प्रणालीहरू मार्फत प्रशोधन गरिएका पुराना कारोबार लगायतका विवरणहरूको पहुँचलाई सहजीकरण गर्नको लागि National Archieve को सुविधा उपलब्ध गराइएको छ । नेशनल आर्काइब सिस्टिममा तीन महिना भन्दा पुरानो सबै कारोबारका विवरणहरु भण्डारण गर्न गरिएको छ जसअनुसार यसमा विवरणहरुको अभिलेख ७ वर्ष सम्म भण्डारण गर्ने निति रहेको छ। सदस्य बैंकहरूले NCHL लाई सम्पर्क गरी यस्ता पुराना कारोबारका बिवरणहरूमा पहुँच मा पाउँन सक्नु हुनेछ ।

 

उपलब्ध सेवाहरू

नेशनल चेक आर्काइभ
NCHL-IPS आर्काइभ

सदस्य BFIs द्वारा NCHL-ECC प्रणाली मार्फत प्रशोधन गरिएका पुराना चेकहरुमा सम्बन्धित कारोबारको विवरणहरूमा पहुँचलाई सहजीकरण गर्नको लागि बैंक तथा वित्तीय संस्थालाई थप सुविधाको रुपमा यो सुविधा उपलब्ध गरिएको छ । NCHL-ECC प्रणालीबाट नेशनल चेक आर्काइभ प्रणालीमा तीन महिना भन्दा पुरानो (हालको आर्काइभ नीति अनुसार) सबै चेक कारोबारका बिवरणहरु लामो भण्डारण गर्ने गरिएको छ जसअनुसार यस्तो विवरणहरुको अभिलेख ७ वर्ष सम्म भण्डारण गर्ने निति रहेको छ।

NCHL-IPS सदस्यहरूलाई तीन महिना देखि ७ वर्ष सम्म पुरानो (हालको आर्काइब नीति अनुसार) कारोबारका विवरणहरुमा पहुँच dina प्रदान गरिएको थप सेवा हो । सदस्यहरूले यस्ता पुराना कारोबारहरू हेर्नको लागि NCHL लाई सम्पर्क गर्नुपर्ने हुन्छ ।