Electronic Cheque Clearing (NCHL-ECC)

इलेक्ट्रोनिक चेक क्लियरिङ (ECC)

इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (NCHL – ECC) तस्बिरमा – आधारित, कम लागतको प्रभावकारी MICR (Magnetic Ink Character Recognition) चेक प्रोसेस र सेटलमेन्ट गर्ने एउटा माध्यम हो जसमा सक्कल कागजी चेकलाई चेक प्रिजेन्ट गर्ने बैंकले तस्वीरमा रूपान्तरण गरि भुक्तानी गर्ने बैंकलाई यस प्रणालीमार्फत पठाउने गर्दछ । पहिलेको म्यानुअल प्रोसेसलाई विस्थापित गर्दै यसमा सक्कल चेक भुक्तानी गर्ने बैंकसम्म म्यानुअल्ली नपठाई प्रिजेन्ट गर्ने बैंकमा नै बस्ने र भुक्तानी गर्ने बैंकले इमेजको आधारमा रेस्पोन्स गर्ने व्यवस्था रहेको छ जसले गर्दा चेक क्लियरिङ्गको प्रकृया छिटो र सजिलो भएको छ ।

बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई आफुसंग रहेको बैंकको चेक आफ्नो खातामा जम्मा गराउन आफ्नो बैंक खाता रहेको नजिकको शाखामा गई NCHL-ECC को सुविधा प्राप्त गर्न सक्नु हुन्छ ।

उपलब्ध सेवाहरू

रेगुलर चेक क्लियरिङ्ग
एक्सप्रेस चेक क्लियरिङ्ग
हाई भ्यालु चेक क्लियरिङ्ग

रेगुलर चेक

रेगुलर चेक क्लियरिङ्ग मार्फत नेपाली रकमको रु २० करोड सम्मको चेक आइतबारदेखि शुक्रबारसम्म र २ मिलियन सम्मको अमेरिकी डलर, जीबीपी र यूरोको चेक सोमबारदेखि शुक्रबारसम्म क्लियरिङ्ग गर्न सकिन्छ । आइतबार देखि बिहीबार दिउँसोको २००:२ बजेसम्म प्रणालीमा प्रिजेन्ट गरिएका चेकहरु भुक्तानी गर्न बैंकले १५:०० बजेसम्ममा रेस्पोन्स गरी १७:०० पछि सेटलमेन्ट पश्चात ग्राहकको खातामा १७:१५ बजे रकम जम्मा गरिने व्यवस्था रहेको छ । शुक्रबारको हकमा भने अपरान्हको १२: ०० बजे सम्म प्रणालीमा प्रिजेन्ट गरिएका चेकहरु भुक्तानी गर्ने बैंकले १७:३० बजे सम्ममा रेस्पोन्स गरी १२: ००  पछी सेटलमेन्ट पश्चात ग्राहकको खातामा २:०० बजे रकम जम्मा गरिने व्यवस्था रहेको छ ।

एक्सप्रेस चेक

एक्सप्रेस चेक क्लियरिङ्ग एक छोटो अवधिको विशेष चेक क्लियरिङ सत्र हो, यसमा चेक प्रिजेन्ट भए देखि अन्तिम सेटलमेन्ट सम्म अधिकतम २ घण्टा मात्र लाग्ने गर्छ जसले गर्दा यस सत्र मार्फत् बैंक/वित्तीय संस्थाहरू र उनीहरूका ग्राहकहरूले आफ्नो जरुरी चेकहरूको प्रशोधन छिटो गराउन सक्नु हुन्छ । एक्सप्रेस चेक क्लियरिङ्ग मार्फत् नेपाली रकम को रु २० करोड सम्मको चेक र २ मिलियन सम्मको अमेरिकी डलर, जीबीपी र यूरो चेकको क्लियरिङ्ग गर्न सकिन्छ ।

हाल, पहिलो, दोस्रो र तेस्रो एक्सप्रेस क्लियरिङ्ग सत्रहरू नेपाली रकमको चेकको लागि आइतबारदेखि शुक्रबारसम्म (सबै सार्वजनिक विदा बाहेक) उपलब्ध रहेका छन् भने अमेरिकी डलर, जीबीपी र यूरोका चेकको लागि सोमबारदेखि शुक्रवारसम्म मात्र सत्रहरू उपलब्ध रहेका छन् । एक्सप्रेस सत्रma आइतबार देखि शुक्रबार मा दिउँसो १:०० बजे प्रिजेन्ट हुन अएका चेकहरुको क्लियरिङ्गग र सेटल्मेन्ट हुने व्यवस्था रहेको छ।

हाई भ्यालु चेक क्लियरिङ्ग

हाई भ्यालु चेक क्लियरिङ्ग मार्फत् उच्च मूल्यका नेपाली रकमको रु २० करोड देखि रु ३० करोड सम्म को चेक र २० लाख देखि ३० लाख सम्मको अमेरिकी डलर, जीबीपी र यूरो चेकको क्लियरिङ्गग र सेटल्मेन्ट को लागि संचालन गरिने विशेष क्लियरिङ्ग सत्र हो। यसमा आइतबार देखि बिहीबार दिउँसो को ३:०० बजे सम्म प्रणालीमा प्रिजेन्ट गरिएका चेकहरु भुक्तानी गर्ने बैंकले ४:०० बजे सम्ममा रेस्पोन्स गरी ४: १५ पछि सेटलमेन्ट पश्चात ग्राहकको खातामा ४: ३० बजे रकम जम्मा गरिने व्यवस्था रहेको छ ।

शुक्रबारको हकमा भने अपरान्हको १२: ०० बजे सम्म प्रणालीमा प्रिजेन्ट गरिएका चेकहरु भुक्तानी गर्ने बैंकले १:०० बजे सम्ममा रेस्पोन्स गरी १:१५ पछी सेटलमेन्ट पश्चात ग्राहकको खातामा १:३० बजे रकम जम्मा गरिने व्यवस्था रहेको छ।

ECC समय