प्राय : सोधिने प्रश्नहरू

इलेक्ट्रोनिक चेक क्लियरिङ्ग

नेपाल क्लियरिङ्ग हाउस (NCHL) को नियमनकारी निकाय को हो ?

नेपाल क्लियरिङ्ग हाउस (NCHL) को नियमनकारी निकाय नेपाल राष्ट्र बैंक (NRB) हो।CHL is regulated by Nepal Rastra Bank (NRB).

NCHL-ECC कसले सञ्चालन गर्छ?

NCHL-ECC नेपाल क्लियरिङ हाउस लिमिटेड द्वारा संचालित छ।

इलेक्ट्रोनिक चेक क्लियरिङ्गको सन्दर्भमा चेक ट्रङ्केसन् प्रणाली भनेको के हो?

इलेक्ट्रोनिक चेक क्लियरिङ्गको सन्दर्भमा चेक ट्रङ्केसन् भनेको भौतिक चेकलाई क्लियरिंग साइकलको कुनै एक बिन्दु, चेक जम्मा गरिएको बैंक वा क्लियरिंग हाउस वा भुक्तानी गर्ने बैंकमा ट्रङ्केट वा रोकिने व्यवस्थालाई भन्ने गरिन्छ । नेपालमा सञ्चालन भइरहेको NCHL-ECC प्रणालीको सन्दर्भमा, चेक जम्मा गरिएको बैंकमा चेक ट्रङ्केट हुने गरेको छ । अर्थात, पहिलेको म्यानुअल क्लियरिङ्ग प्रक्रियामा जस्तै क्लियरिङ्ग को लागि भौतिक चेकलाई क्लियरिङ्ग हाउस वा भुक्तानी गर्ने बैंक शाखामा पुर्याउनु नपर्ने हुन्छ।

चेक क्लियरिङ्ग कसरी हुन्छ र चेकहरू कसरी अघि बढ्छन?

चेक जम्मा गर्ने बैंकले चेकको इलेक्ट्रोनिक तस्बिरसहित MICR कोड लाइन डाटा, चेक प्रस्तुत भएको मिति, चेक प्रस्तुतगर्ने बैंकको नाम आदि जस्ता विवरणहरुक्लियरिङ्ग हाउसलाई पठाउनु पर्ने हुन्छ। क्लियरिङ्ग हाउसले ति डाटाहरू र चेककोतस्बिरहरूलाई भुक्तानी गर्ने बैंकलाई प्रणाली मार्फत नैपठाउँछ। भुक्तानी गर्ने बैंकले चेकको फोटो र विवरणहरुको आधारमा भुक्तानी गर्ने वा नगर्नेभन्ने निर्णय लिन्छ।

भौतिक चेकहरू चेक जम्मा गर्ने बैंक (बैंक अफ फर्स्ट डिपोजिट) मा ट्रङ्केट हुने भएकोले उक्तउपकरणहरूलाई भौतिक रूपमा एक शाखाबाट अर्को शाखामा पुर्याइरहन आवश्यक हुँदैन ।

चेकका तस्बिरहरू कसरी खिचिन्छन?

इलेक्ट्रोनिक तस्बिरहरू र चेकको MICR डाटाहरू चेक जम्मा गर्ने बैंक द्वारा चेक स्क्यानर प्रयोग गरेर खिचिन्छ। चेक जम्मा गर्ने बैंक द्वारा स्क्यानिङ गर्नु अघि, सबै चेकहरू चेक जम्मा गर्ने बैंक को नाम, शाखाको नाम, र चेक प्रेसेन्ट गरिएको मितिका विवरण सहित चेकको पछाडि (दायाँपट्टि) लेखी छाप लगाउन जरुरी छ। पहिलो प्रेसेन्टमेन्टमा कुनै कारणबस चेकअस्वीकृत भएको अवस्थामा चेकलाई फेरि दुई पटक सम्म प्रिजेन्ट गर्न सकिने व्यवस्था रहेको छ अर्थात कुल तीन पटक सम्म एउटै चेक लाई प्रणालीमा प्रिजेन्ट गर्न सकिने व्यवस्था रहेको छ ।

चेकका तस्बिरहरू बैंकहरु र NCHL का बीच सुरक्षित रूपमा ट्रान्सफर हुन्छ भन्ने कुरा प्रणालीले कसरी सुनिश्चित गर्छ?

चेकका तस्बिरहरू अत्याधुनिक प्रविधि युक्त पूर्वाधारको माध्यमबाट बैंकहरु र NCHLका बीच उच्च सुरक्षित रूपमा ट्रान्सफर हुने गर्छ जसले ट्रान्सफर भइरहे का तस्बिरहरूको प्रमाणीकरण र सुरक्षालाई सुनिश्चित गर्दछ। यसका साथै आवश्यक परेमा प्रणालीका सबै तहहरूमा अडिट लगहरू रहने र निकाल्ने व्यवस्था समेत छ।

चेकको गुणस्तरीय तस्बिरहरू सुनिश्चित गर्न र ठगीबाट बच्न बैंकहरू र बैंकहरुका ग्राहकहरूले कस्ता सावधानी अपनाउनुपर्छ?

सबै चेकहरू तस्बिर मैत्री हुनु आवश्यक छ। ग्राहकहरूले चेकहरूमा खिच्दा गाढा रङको मसी प्रयोग गर्नुपर्छ। रबर स्ट्याम्पको प्रयोगमा सावधानी अपनाउनु पर्छ, ताकि यसले चेकलाई असर नगरोस्। चेकको मिति, भुक्तानीकर्ताको नाम, रकम, हस्ताक्षर र MICR लाइन डाटा जस्ता आधारभूत जानकारीहरू चेकमा अनिवार्य रुपमा हुनुपर्दछ । रबर स्ट्याम्प, आदिको प्रयोगले तस्बिरमा यी अनिवार्य जानकारीहरू ढाकिनु वा छेकिनु हुँदैन। स्क्यानिङ प्रक्रियाको क्रममा चेकका सबै अनिवार्य जानकारीहरू तस्बिरमा कैद भएको सुनिश्चित गर्नको लागि बैंकका ग्राहकहरूले पनि यस सम्बन्धमा सजग रहन आवश्यक छ।

NCHL - ECC प्रणाली मार्फत चेक फर्छ्यौट गर्न कति समय लाग्छ?

प्रणालीको presentment को कट अफ टाइम भित्र प्रणालीमाजम्मा गरिएका सबै चेकहरु सोहि दिन (T+0) भित्र फर्छ्यौट हुन्छ भने Presentment कट अफ टाइम पछि प्रणालीमा जम्मा गरिएको चेकको क्लियरिङ्ग र सेटलमेन्ट भने अर्को दिन (T+1) मा हुने व्यवस्था रहेको छ।

बैंक/वित्तीय संस्थाका ग्राहकहरूलाई NCHL - ECC प्रणालीका के फाइदाहरू छन्?

क. छिटो क्लियरिङ्ग हुने । ख. भुक्तानीकर्ताको खाता डेबिट भएको दिनमा नै लाभग्राही ग्राहकको खातामा पैसा जम्मा हुन्छ । ग. राम्रो ग्राहक सेवा – चेक जम्मा गर्न पर्याप्त समय । घ. NCHL द्वारा प्रदान गरिएको यस क्लियरिङ्ग सेवा भौगोलिक प्रतिरोध बिना देश व्यापी रुपमा विस्तार रहेको।

ग्राहकहरूको सन्दर्भमा चेक क्लियरिङ्गको प्रक्रियामा कुनै परिवर्तन आएको छ त?

ग्राहकहरूले चेक जम्मा गर्ने र चेक प्रसोधन हुने तरिकामा कुनै परिवर्तन आएको छैन। तर ग्राहकहरूले चेकको मापदण्डमा आएका नयाँ परिवर्तनहरू र यसमा रहेका विभिन्न सुरक्षाका संयन्त्रहरू, जम्मा गर्दा र सेटलमेन्टमा लाग्ने समय र अन्य लागू हुन सक्ने शुल्कहरूको बारेमा भने सचेत हुनु आवश्यक छ ।

ग्राहकको रुपमा मैले चेक भर्ने तरिकामा परिवर्तन ल्याउन आवश्यक छ?

यहाँ कुनै भौतिक परिवर्तनहरू भएका छैनन् तर ग्राहकको रुपमा यहाँले चेकको प्रयोग गर्दा नयाँ डिजाइनका बारेमा सचेत हुन भने जरुरि छ:

XNUMX. लाभग्राहीको नाम र रकम (शब्दमा), स्पष्ट र सही रूपमा लेखिएको छ कि छैन भन्ने निश्चित गर्नुहोस् सँधै स्थायी रुपमा बस्ने कालो वा गाढा निलो मसी भएको कलम वा बलपेन प्रयोग गरेर चेकमा खिच्नुहोस्। चेक भर्दा कहिले पनि सिसा-कलम, हल्का रंगको, फ्लोरोसेंट वा मेटिने किसिमका मसीको प्रयोग नगर्नुहोस् ।

२. गाढा स्थायी मसीले स्पष्ट रूपमा “मिति” बाकस भित्र मिति लेख्नुहोस् ।

३. “रकम” लेख्ने बाकस भित्र रकम लेख्नुहोस् । आफुले लेखेको अङ्कमा कुनै फेर बदल हुन नदिन बक्सको सकेसम्मको बायाँ छेउ तिर पारेर रकम लेख्नुहोस् ।

४. यदि तपाईंले टाइपराइटर वा कम्प्युटर प्रयोग गरेर रकमको विवरण प्रिन्ट गर्नुहुन्छ भने, सोहि उपकरणद्वारा अङ्कको साथ मुद्राको प्रतीक पनि प्रिन्ट गर्नुहोस्। यदि तपाईंले चेकमा जानकारीहरु प्रविष्ट गर्न कम्प्युटरको प्रयोग गर्नुहुन्छ भने, कृपया स्थायी गाढा मसी (कालो वा गाढा निलो) रिबन भएको राम्रो अवस्थामा भएको प्रिन्टर प्रयोग गर्नुहोस् । यदि तपाईं इन्क जेट प्रिन्टर वा लेजर प्रिन्टर प्रयोग गर्नुहुन्छ भने, मसीलाई चेकको कागज छेड्न वा लत्पतिन नदिनुहोस्, किनकि यसले चेकमा रहेका सुरक्षाका संयन्त्रहरूमा प्रतिकूल प्रभाव पार्न सक्छ ।

५. MICRको सही रिडिंग सुनिश्चित गर्नको लागि MICR कोड लाइनको लागि छुट्याइएको स्थानमा लेख्ने वा हस्ताक्षर गर्ने नगर्नुहोस् । यस स्थानमा प्वाल पार्ने , स्टेपलर गर्ने , रबर स्ट्याम्प लगाउने जस्ता कार्यहरु नगर्नुहोस् । । तपाईंको हस्ताक्षरलाई MICR कोड लाइन वा “अङ्कमा रकम” लेखिने बाकसमा पर्न नदिनुहोस् ।

६. यदि तपाईंले चेक लेख्न टाइपराइटर प्रयोग गर्नुहुन्छ भने, गाढा रङका रिबनहरू (कालो वा गाढा निलो) प्रयोग गर्नुहोस् । टोटल ट्रान्सफर (सच्याउन सकिने) रिबनहरू प्रयोग नगर्नुहोस् ।

७. चेकमा भएका कुनै पनि जानकारीलाई घेरा लगाउने वा रेखांकित गर्ने नगर्नुहोस् ।

८. चेकको प्रतिलिपि गर्दा कार्बन वा कार्बन-ब्याक मसी इत्यादीको प्रयोग नगर्नुहोस् ।

९. फेसिमाइल हस्ताक्षर प्रयोग नगर्नुहोस्, किनकि यस्ता हस्ताक्षर चेकको तस्विर लिँदा नदेखिन सक्छ।

१०. चेकलाई फोल्ड गर्ने वा विकृत गर्ने नगर्नुहोस् किनकि यसले MICR लाइनको डाटालाई बिगार्न सक्छ । पत्राचार गर्दा चेकका लागि प्रयोग गरिने खामहरू चेक फोल्ड नगरी चेक अटाउने खालको हुनुपर्दछ ।

रेगुलर सेसन र एक्सप्रेस सेसन बीच के भिन्नता छ?

एक्सप्रेस सेसनहरू छोटो अवधिको विशेष सत्रहरू हुन्, यसमा चेक जम्मा गर्ने , भुक्तानी गर्ने बैंकबाट प्रतिक्रिया आउने र राष्ट्र बैङ्कबाट सेटलमेन्ट हुने सबै कार्यहरु छोटो अवधिमा नै हुन्छ। एक्सप्रेस सेसनमा चेक प्रेसेन्टमेन्टको लागि १ घण्टाको समय रहेको छ र अर्को १ घण्टा भित्र सेटलमेन्ट हुन्छ। हाल प्रत्येक सार्वजनिक बिदा बाहेकका दिनमा ३ एक्सप्रेस क्लियरिङ्ग सेसनहरू छन् ।

रेगुलर सेसन एक पूर्णकार्य दिनको क्लियरिङ्ग साइकल हो जहाँ प्रेसेन्टमेन्ट कट – अफ टाइम १५: ०० बजे सम्म हुन्छ र भुक्तानी गर्ने बैंकको रेस्पोन्स कट – अफ टाइम १७: ०० बजे (हिउँद सेसनको समयमा १५ मिनेट कम), १७: १५ बजे पछि अन्तिम सेटलमेन्टको साथ ग्राहकको खातामा आइतबार देखि बिहीबारसम्म १७: ३० बजे भित्र रकम जम्मा हुन्छ। शुक्रबार हुने सेसनको लागि भने प्रेसेन्टमेन्ट कट – अफ टाइम १२: ०० बजे रहेको छ र भुक्तानी गर्ने बैंकको रेस्पोन्स कट – अफ टाइम १३: ३० बजे रहेको छ र अन्तिम सेटलमेन्ट १३: ४५ बजे रहेकोमा १४: ०० बजे भित्र ग्राहकको खातामा रकम जम्मा हुन्छ। * बिहीबार दिउँसो २: ०० बजेपछि प्रस्तुत गरिएको चेक अर्को हप्ताको पहिलो दिन (सार्वजनिक बिदाको दिन बाहेक) दिउँसो ३: ३० बजे सेटल हुन्छ ।

* बिहीबार दिउँसो २: ०० बजेपछि प्रस्तुत गरिएको चेक अर्को हप्ताको पहिलो दिन (सार्वजनिक बिदाको दिन बाहेक) दिउँसो ३: ३० बजे सेटल हुन्छ ।

क्लियरिङ्ग सेसनका समयहरु कुन कुन रहेको छ?

नियमित सेसनको लागि प्रेसेन्टमेन्ट समय XNUMX:XNUMX (T-XNUMX) बाट सुरु हुन्छ र XNUMX:XNUMX (T+XNUMX) मा समाप्त हुन्छ; भुक्तानी गर्ने बैंकको रेस्पोन्स XNUMX:XNUMX (T+XNUMX) मा समाप्त हुन्छ; र NRB को सेटलमेन्ट XNUMX:XNUMX (T+XNUMX) मा समाप्त हुन्छ ।

एक्सप्रेस सेसनको प्रेसेन्टमेन्ट तल दिइएको रूपमा हुन्छ: पहिलो एक्सप्रेस सेसन: प्रेसेन्टमेन्ट समय १०: ०० बजे (T+ 1) बाट सुरु हुन्छ र ११: ०० (T+ 10) मा समाप्त हुन्छ; भुक्तानी गर्ने बैंकको रेस्पोन्स ११: ३० (T+ 00) मा समाप्त हुन्छ; र NRB मा सेटलमेन्ट १२: ०० (T+ 0) मा समाप्त हुन्छ

दोस्रो एक्सप्रेस सेसन: प्रेसेन्टमेन्ट ११: ०० (T+ 2) बाट सुरु हुन्छ र १२: ०० (T+ 11) मा समाप्त हुन्छ; भुक्तानी गर्ने बैंकको रेस्पोन्स १२: ३० (T+ 00) मा समाप्त हुन्छ; र NRB मा सेटलमेन्ट १३: ०० (T+ 0) मा समाप्त हुन्छ।

तेस्रो एक्सप्रेस सेसन: प्रेसेन्टमेन्ट समय १२: ०० बजे (T+3) बाट सुरु हुन्छ र १३: ०० (T+ 12) मा समाप्त हुन्छ; भुक्तानी गर्ने बैंकको रेस्पोन्स १३: ३० (T+ 00) मा समाप्त हुन्छ; र NRB मा सेटलमेन्ट १४: ०० (T+ 0) मा समाप्त हुन्छ।

बैंकहरूले आफ्नो आन्तरिक सञ्चालन व्यवस्थापनको लागि बैंकको प्रिजेन्ट्मेन्ट कट-अफ टाइम छुट्टै सेट गर्न सक्ने हुनाले ग्राहकहरूले आफ्नो बैंक/वित्तीय संस्था सँग सम्पर्क गर्न अनुरोध गर्दछौँ ।

के बैंक/वित्तीय संस्थाहरूले ग्राहकहरूलाई पहिले नै जारी गरेका चेकहरू NCHL - ECC प्रणालीमा चल्छ?

बैंक/वित्तीय संस्थाहरूद्वारा जारी गरिएको MICR एन्कोडेड चेकहरू मात्र NCHL – ECC प्रणालीमा चल्छ। MICR एन्कोडिङ बिनाका पुराना चेकहरु NCHL – ECC प्रणालीमा चल्दैनन् । यदि तपाईंसँग अझै पनि पुरानो MICR एन्कोडेड नभएका चेकहरू छन् भने MICR चेक जारी गर्न आफ्नो बैंक/वित्तिय संस्थालाई अनुरोध गर्नुहोस्।

हाई भ्याल्यु चेक क्लियरिङ्ग सेसन के हो?

हाई भ्याल्यु इलेक्ट्रोनिक चेक क्लियरिङ्ग भन्नाले उच्च मूल्यका नेपाली रकमकोरु २० करोड देखि रु ३० करोड सम्मको चेक र २० लाख देखि ३० लाख सम्मको अमेरिकी डलर, जीबीपी र यूरो चेकको क्लियरिङ्ग र सेटलमेन्ट को लागि संचालन गरिने विशेष क्लियरिङ्ग सत्र हो। यी सेसनहरु आइतवार देखि शुक्रवार सम्म उपलब्ध रहेका छन् ।

थप जानकारीको लागि मैले कसलाई सम्पर्क गर्नुपर्ने हुन्छ?

थप जानकारीको लागि आफ्नो बैंक/वित्तिय संस्था लाई सम्पर्क गर्नुहोस् वा हाम्रो वेबसाइट www.nchl.com.np मा हेर्नुहोस् ।

अन्तरबैंक भुक्तानी प्रणाली (NCHL-IPS)

अन्तरबैंक भुक्तानी प्रणाली (NCHL - IPS) के हो?

NCHL – IPS कुनै पनि सहभागी सदस्य बैंक/वित्तीय संस्थाहरू (BFIs) मा रहेको कुनै पनि खातामा सुरक्षित रुपमा सजिलै सँग रकम ट्रान्स्फर गर्ने प्रणाली हो। यस मार्फत् एक खाताबाट अर्को खातामा हुने भुक्तानी (डाइरेक्ट क्रेडिट) र संकलन (डाइरेक्ट डेबिट) सम्बन्धित कारोबारहरू गर्न सकिन्छ। यसबाट रकमान्तर, शुल्क भुक्तानी , बीमाका प्रिमियम, ऋणको किस्ता, ट्रेजरी, तलब, पेन्सन, सामाजिक सुरक्षा, लाभांश, आईपीओ रिफण्ड , सरकारी भुक्तानी, लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ ।

NCHL - IPS प्रणाली कसले नियमन गर्छ?

NCHL – IPS प्रणाली नेपाल राष्ट्र बैंकद्वारा स्विकृत प्रणाली हो र यस प्रणालीको नियमन पनि नेपाल राष्ट्र बैंकले नै गरेको छ ।

NCHL-IPS प्रणालीले कसरी काम गर्छ?

ग्राहकले आफ्नो बैंक (जसलाई ओरीजीनेटिंग बैंक भनिन्छ) लाई क्रेडिट निर्देशन जारी गरी एक वा बढी सदस्य बैंक/वित्तिय संस्थाहरूमा रहेको खाता (हरू) मा भुक्तानीको लागि अनुरोध गर्नुपर्ने हुन्छ । ओरीजीनेटिंग बैंकले त्यस निर्देशनको आधारमा NCHL-IPS प्रणालीमा Direct क्रेडिट कारोबार गर्छ र लाभार्थी बैंकमा पठाउँछ (जसलाई रिसिभिङ्ग बैंक भनिन्छ)। केन्द्रीय बैंकबाट सेटलमेन्टको पुष्टि भएको जानकारी प्राप्त भएपछि रिसिभिङ्ग बैंकले कारोबार स्वीकार गर्छ र लाभार्थी को खातामा रकम क्रेडिट गर्दछ। प्रणालीको सत्रहरुमा रहेको कारोबारहरुको अन्तिम सेटलमेन्ट सम्बन्धित सदस्य बैंकहरूको नेट पोजिसनको आधारमा हुन्छ ।

त्यस्तै, एक वा बढी सदस्य बैंकहरूमा भएका खाता (हरू) बाट कलेक्सनको लागि डेबिट निर्देशनको लागि ग्राहकले गरेको अनुरोधका आधारमा , ओरीजीनेटिंग बैंकले म्यान्डेट (क्रेडिटर र डेबिटर बीचको सहमति) मा आधारित Direct डेबिट कारोबार गर्छ । रिसिभिङ्ग बैंकले प्रणालीमा रहेको सो म्यान्डेटको आधारमा कारोबार स्वीकार गर्दछ र आफ्नो ग्राहकको खाता डेबिट गर्दछ। ओरीजीनेटिंग बैंकमा रहेको ग्राहकको खातामा रकम केन्द्रीय बैंकबाट अन्तिम सेटलमेन्टको कन्फर्मेसन प्राप्त भएपछि जम्मा हुन्छ।

NCHL - IPS मा कस्तो किसिमका कारोबारहरु गर्न सकिन्छ ?

यस प्रणालीमा १६०+ भन्दा बढी किसिमका कारोबारहरु को Category Purposeहरू रहेका छन्। हाल NCHL – IPS मा रकमान्तर, शुल्क भुक्तानी, बीमाका प्रिमियम, ऋणको किस्ता, ट्रेजरी, तलब, पेन्सन, सामाजिक सुरक्षा, लाभांश, आईपीओ रिफण्ड, सरकारी भुक्तानी, लगायतका डाइरेक्ट क्रेडिट र डाइरेक्ट डेबिटको विभिन्न Category Purposeहरू उपलब्ध रहेका छन् ।

यी कारोबारहरु ब्याचको रूपमा एउटा एउटा गरी वा बल्कमा पनि गर्न सकिन्छ । प्रणालीमा स्ट्यान्डिङ्ग अर्डरमा आधारित भुक्तानी (डाइरेक्ट क्रेडिट) र म्यानडेटमा आधारित कलेक्सन (डाइरेक्ट डेबिट) समेत गर्न सकिने व्यवस्था रहेको छ। यस प्रणाली मार्फत् हाललाई NPR, USD, EUR र GBP लगायतका मुद्राहरुको कारोबार हुँदै आएको छ भने कुनै Category Purpose मा यी सबै मुद्राहरु को कारोबार गर्ने व्यवस्था उपलब्ध नहुन सक्छ ।

NCHL - IPS प्रणाली प्रयोग गर्दा हुने फाइदाहरू के हुन्?

XNUMX. नगद वा चेक बाहेकको भुक्तानीको विकल्पको रुपमा । XNUMX. बैंक खाताबाट सिधै अन्य कुनै पनि बैंक खातामा भुक्तानी र कलेक्सन गर्न सजिलो माध्यम । XNUMX.पूर्व – निर्धारित मितिहरूमा स्ट्यान्डिङ्ग इन्स्ट्रक्सनमा आधारित भुक्तानी र म्यान्डेटमा आधारित कलेक्शनको सुविधा उपलब्ध रहेको, जसले गर्दा छिटो रकम प्राप्त भई नगद प्रवाहमा सहज हुने , XNUMX.एउटै बैंक खाताबाट विभिन्न किसिमको भुक्तानीहरु सजिलै गर्न सकिने ।

डाइरेक्ट क्रेडिट र डाइरेक्ट डेबिट कारोबार भनेको के हो?

भुक्तानीकर्ता द्वारा आफ्नो बैंक/वित्तीय संस्था मार्फत भुक्तानीको निर्देशन दिएर गरिएको कारोबार डाइरेक्ट क्रेडिट कारोबार हो। यस्ता कारोबारको receiver लाभार्थी हुनेछ। ग्राहकले आफ्नो खाता रहेको बैंक शाखाबाट वा अन्य कुनै वैकल्पिक च्यानल मार्फत यस्तो कारोबारको निर्देशन दिनु पर्ने हुन्छ। डाइरेक्ट क्रेडिट कारोबारका उदाहरणहरू ग्राहकद्वारा गरिने रकमान्तर, शुल्क भुक्तानी, बीमाका प्रिमियम, तलब, पेन्सन, सामाजिक सुरक्षा, आदि हुन्।

भुक्तानी प्राप्तकर्ता द्वारा आफ्नो बैंक/वित्तीय संस्था मार्फत भुक्तानी रकम प्राप्त गर्नको लागि प्रणालीमा रहेको म्यान्डेटको आधारमा तोकिएको समय वा मितीमा कारोबार गर्ने डाइरेक्ट डेबिट ट्रान्सज्याक्सन हो। यस्तो कारोबारको प्राप्तकर्ता भुक्तानी गर्ने डेटर हुनेछ। म्यान्डेट भन्नाले एक किसिमको अनुमति हो जुन डाइरेक्ट डेबिट कारोबार सुरु गर्नको लागि पहिले नै निर्देशन गरिएको हुनुपर्दछ। डाइरेक्ट डेबिट कारोबारका केहि उदाहरणहरू प्रिमियम कलेक्सन, बिल/ शुल्क कलेक्सन, किस्ता कलेक्सन, आदि हुन्।

डाइरेक्ट क्रेडिट र डाइरेक्ट डेबिट दुवैमा, तपाईंले आफ्नो बैंक/वित्तिय संस्थालाई निर्देशन वा पूर्व-स्वीकृति प्रदान नगरेसम्म ग्राहक खाता डेबिट गरिने छैन।

के म सिधै मेरो बैंक खाताबाट भुक्तानी वा कलेक्सन सम्बन्धि कारोबारहरू स्वचालित रूपमा सुरु गर्न सक्छु?

डाइरेक्ट डेबिट कारोबार स्वचालित रूपमा सुरु गर्नका लागि प्रणालीमा म्यान्डेट सेटअप गरी गर्न सकिन्छ। यसले भुक्तानी गर्ने ग्राहक र लाभार्थी ग्राहक बीचको पूर्व सहमति अनुरुप तोकिएको मिति/ फ्रिक्वेन्सीमा लाभार्थीको बैंक मार्फत् भुक्तानी गर्ने ग्राहकको खाताबाट पूर्व सहमत गरिएको रकम सिधै भुक्तानीकोलाई अनुरोध गरी सम्पन्न गर्न सकिन्छ । स्ट्यान्डिङ्ग अर्डरहरू स्वचालित रूपमा डाईरेक्ट क्रेडिट कारोबार सुरु गर्नका लागि सेटअप गर्न सकिन्छ।

यसले भुक्तानी गर्ने ग्राहक को पूर्व standing instruction को आधारमा सिधै बैंक मार्फत तोकिएको मिति/ फ्रिक्वेन्सीमा लाभार्थीको खातामा सिधै फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

मैले NCHL-IPS को सेवा कहाँबाट लिन सक्छु?

यो सेवा NCHL – IPS प्रणालीमा आबद्ध कुनै पनि बैंक /वित्तीय संस्थाहरू मार्फत उपलब्ध रहेको छ । तपाईंले आफ्नो खाता रहेको बैंक /वित्तीय संस्थाबाट सेवा लिन सक्नुहुन्छ । तपाईंको बैंक NCHL – IPS प्रणालीको सदस्य छ कि छैन भनेर हाम्रो वेबसाइटमा रहेको ’NCHL – IPS सदस्यहरू’ सेक्सन मा हेर्न सक्नुहुन्छ।

केही बैंकहरूले आफ्ना ग्राहकहरूको कारोबार निर्देशनहरु वैकल्पिक च्यानलहरू मार्फत् लिनको लागि NCHL – IPS सँग आफ्नो कोर बैंकिङ प्रणालीलाई integrate गरेका छन्।

NCHL - IPS प्रणाली मार्फत कारोबार फर्छ्यौट गर्न कति समय लाग्छ ?

दिउँसो १६:०० बजे अघि प्राप्त भएका सबै कारोबारहरू प्रणालीले सोही दिन (T+16) मा फर्छ्यौट गर्दछ। कट – अफ टाइम पछि प्रस्तुत गरिएका कारोबारहरू अर्को दिन (T+00) मा फर्छ्यौट गरी सेटलमेन्ट हुन्छ । Purposeको आधारमा, कारोबारहरूको प्रसोधन तथा फर्छ्यौट तोकिएको समय अन्तरालमा हुन्छ। थप विवरणहरूको लागि कृपया NCHL-IPS को Timing Section हेर्नुहोस्।

बैंकहरूले आफ्नो आन्तरिक सञ्चालन व्यवस्थापनको लागि बैंकको प्रिजेन्ट्मेन्ट कट-अफ टाइम छुट्टै सेट गर्न सक्ने हुनाले ग्राहकहरूले आफ्नो बैंक/वित्तीय संस्था सँग सम्पर्क गर्न अनुरोध गर्दछौँ ।

कारोबार सुरु गर्नका लागि मैले मेरो बैंकलाई के जानकारी प्रदान गर्न आवश्यक छ?

कारोबार सुरु गर्न आवश्यक पर्ने आधारभूत जानकारीहरुमा तपाईंको बैंक खाता र लाभग्राहीको बैंक खाताको विवरणहरू उपलब्ध गराउनु पर्ने हुन्छ । साथै कारोबारको किसिम (Purpose) समेत उल्लेख गर्नु पर्ने हुन्छ । यद्यपि, तपाईंको बैंकले कारोबार गर्नको लागि आवश्यक अन्य थप जानकारीको लागि समेत अनुरोध गर्न सक्ने छ ।

थप जानकारीको बारेमा जान्नको लागि ग्राहकहरूले आफ्नो बैंक/वित्तिय संस्था सँग परामर्श गर्न आवश्यक हुनेछ ।

के NCHL - IPS सम्बन्धि सेवाहरू प्राप्त गर्न कुनै शुल्कहरू छन्?

NCHL – IPS को सेवा प्राप्त गर्न न्यूनतम कारोबार शुल्क लाग्दछ । कारोबारको Purpose को आधारमा सो शुल्क भुक्तानीकर्ता वा लाभग्राहीलाई लागू हुनेछ ।

ग्राहकहरूले शुल्क र शुल्क सम्बन्धी थप विवरणहरूको लागि आफ्नो बैंक/वित्तीय संस्थालाई सम्पर्क गर्नुपर्ने हुन्छ।

थप जानकारीको लागि कसलाई सम्पर्क गर्नुपर्छ?

थप जानकारीको लागि आफ्नो बैंक/वित्तिय संस्थालाई सम्पर्क गर्नुहोस् वा हाम्रो वेबसाइट www.nchl.com.np मा हेर्नुहोस्

रिटेल पेमेन्ट स्वीच (RPS)

नेसनल पेमेन्ट स्विच (NPS) भनेको के हो?

नेसनल पेमेन्ट स्विच (NPS) देशको विभिन्न कार्ड र नन – कार्डमा आधारित डिजिटल भुक्तानीहरूको स्वीचिङ्ग र राउटिङ्ग गर्ने तथा अन्तर -आबद्धता कायम गर्ने मुख्य पूर्वाधार हो ।

कनेक्टआईपिएस

कनेक्ट आईपिएस ई-पेमेन्ट प्रणाली कसले सञ्चालन गर्दछ?

नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी सेवा सञ्चालकको अनुमतिपत्र प्राप्त गरेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले कनेक्टआईपीएस ई पेमेन्ट स्थापना तथा सञ्चालन गर्दै आइरहेको छ । एनसीएचएल नेपाल राष्ट्र बैंक र बैंक /वित्तीय संस्थाद्वारा प्रवर्द्धित कम्पनी हो ।

कनेक्टआईपिएस भनेको के हो?

connectIPS बैंकका ग्राहकहरूलाई विभिन्न च्यानलहरूबाट फण्ड ट्रान्सफर र भुक्तानीको सुबिधा प्रदान गर्ने एकल भुक्तानी प्लेटफर्मको रूपमा स्थापित ई-पेमेन्ट प्रणाली हो। भुक्तानीका कारोबारहरू सिधै बैंक खाताहरू मार्फत् प्रशोधन गरिन्छ र कारोबारहरू सामान्यतया पठाउने र पाउनेका बीचमा रियल टाइममा नै हुन्छन् । यो प्रणाली वेब (www.connectips.com), मोबाइल एप र पेमेन्ट प्रोसेसर/ गेटवे लगायतका च्यानलहरू मार्फत चौबिसै घण्टा उपलब्ध रहेको छ। यसलाई बैंक/ वित्तीय संस्थाहरूको मोबाइल/इन्टरनेट बैंकिङ तथा विभिन्न मोबाइल वालेटहरूको एप/वेबबाट पनि प्रयोग गर्न सकिन्छ ।

कनेक्टआईपिएस अर्को मोबाइल वालेट हो?

कनेक्टआईपिएस मोबाइल वालेट नभई एक रियम टाइम वा छिटो भुक्तानी गर्ने प्रणाली हो जसमा एकै प्ल्याट्फर्ममा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी उपलब्ध च्यानलहरु (वेब, मोबाइल, गेटवे) मार्फत भुक्तानी गर्न सकिन्छ । यसमा मोबाइल वालेटमा जस्तो फण्डको लोड/अनलोड गरिरहनु नपर्ने र सोझै लिङ्क गरिएको बैंक खाताहरू मध्ये कुनै एक मार्फत सिधै भुक्तानी गरि कारोबार गर्न सकिन्छ । विभिन्न मोबाइल वालेटहरूले फण्ड लोड/अनलोड गर्ने सुबिधाको लागि कनेक्ट आईपिएससँग जोडिएका छन्।

उपलब्ध सेवाहरू के - के छन्?

कनेक्टआईपिएस एकै प्ल्याट्फर्ममा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी सोझै बैंक खाताबाट भुक्तानी गर्न सकिने प्रणाली हो । यसलाई पेमेन्ट प्रोसेसर (गेटवे) को रुपमा, फण्ड ट्रान्सफर तथा विभिन्न सेवा/बिल भुक्तानीको लागि प्रयोग गर्न सकिन्छ ।

पेमेन्ट प्रोसेसर भनेको विभिन्न सेवा प्रदायकहरू (मर्चेन्ट/ क्रेडिटरहरू) को वेब पोर्टलमा भुक्तानी गर्नको लागि चेकआउटमा उपलब्ध अनलाइन पेमेन्ट गेटवे हो । विभिन्न सरकारी पोर्टलहरू (FCGO, नेपाल सरकारको कर, लोकसेवा, पासपोर्ट, CRO), नेप्सेको TMS, ई-कमर्स , ट्राभल एण्ड टुर, एयरलाइन्स, बीमाका वेबसाइटहरू, लगायतमा कनेक्टआईपिएसको गेटवे उपलब्ध रहेको छ । फण्ड ट्रान्सफरले आफ्नै लिन्क गरिएका खाताहरू बीचमा वा अन्य बैंकमा रहेका खाताहरू, अन्य कनेक्टआईपीएस प्रयोगकर्ताहरू बीच (मोबाइल नम्बरको आधारमा) वा लिस्टमा भएका फेभरेट अकाउन्टमा रकम स्थानान्तरण गर्ने सुबिधा प्रदान गर्दछ । बिलर पेमेन्टहरू भनेको कनेक्टआईपीएस च्यानलहरू (वेब वा मोबाइल एप) बाट नै सुरु गरिएका सेवा प्रदायकहरू (क्रेडिटर /मर्चेन्ट) लाई गरिने तेस्रो पक्षको भुक्तानीहरू हुन् । हाल यसमा सरकारी भुक्तानीहरू (कर, लोकसेवा, पासपोर्ट, कम्पनी रजिस्ट्रार), ट्राभल टुर, स्कूल/कलेज शुल्क, स्टक ब्रोकरहरू, बीमा प्रिमियम, लगायतका सेवाहरू उपलब्ध रहेका छन् । यस्ता सेवाहरू सदस्य बैंक /वित्तीय संस्थाहरु मार्फत प्रदान गरिएको छ ।

कनेक्टआईपिएसमा कारोबार सीमा कति छ?

प्रति कारोबार वेब च्यानल मार्फत रु २०,००,००० र मोबाइल एप मार्फत रु २००,००० सम्मको भुक्तानी गर्न सकिन्छ । प्रति दिन प्रति बैंकको कारोबारको सीमा वेब च्यानल मार्फत रु २०,००,००० र मोबाइल एप मार्फत रु २००,००० सम्म छ । यद्यपि, बैंकले आफ्नो आन्तरिक नीतिका आधारमा आफ्ना ग्राहकहरूको लागि आफ्नै सीमा निर्धारण गर्न सक्छ र कारोबार सीमाहरु NRBको नियमन अनुसार परिवर्तन पनि हुन सक्छ ।

प्रयोगकर्ता स्तर के हो OTP सीमा छैन र मैले वेब पोर्टलमा OTP सीमा कसरी सेट गर्ने?

कुनै ओटीपी सीमा भनेको यस्तो सीमाभन्दा कमको कारोबारमा लेनदेन पूरा गर्नको लागि लेनदेन पासवर्ड वा बायोमेट्रिक आवश्यक पर्ने सीमा हो, जहाँ लेनदेन पासवर्ड वा बायोमेट्रिकको संयोजन आवश्यक पर्नेछ र परिभाषित सीमासम्म कारोबार गर्न OTP आवश्यक पर्दैन।
हाल कुनै OTP सीमा पूर्वनिर्धारित रूपमा Nrs.5000 मा सेट गरिएको छैन।

कनेक्टआईपिएस मार्फत भुक्तानी गर्दा लाग्ने शुल्क कति छ?

अधिकांश बिलर भुक्तानीहरू (सेवा भुक्तानीहरू) ग्राहकहरूको लागि निःशुल्क छन्। यद्यपि, कोष स्थानान्तरण र केही बिलर भुक्तानीको लागि लेनदेन शुल्क रु. 2 देखि 8 भुक्तानीकर्ताको लागि लागू हुन्छ, जुन लेनदेन रकम स्ल्याबमा आधारित हुन्छ। यद्यपि, तपाईंले लेनदेन स्ल्याब विवरणहरूको लागि यहाँ सन्दर्भ गर्न सक्नुहुन्छ यहाँ

कारोबार गर्नको लागि यो प्रणाली कत्तिको सुरक्षित छ?

ई-पेमेन्ट प्रणालीका अन्तर्राष्ट्रिय मापदण्डहरू अनुरूप आवश्यक सुरक्षा सुविधाहरू सहित एनसीएचएलद्वारा यो प्रणालीको निर्माण भएको छ। पेमेन्ट डाटालाई क्याप्चर गरी end to end ईन्क्रिप्शनको साथ अत्याधिक सुरक्षित वातावरणमा कारोबारहरु प्रशोधन गर्ने गरिन्छ । साथै भुक्तानी सफल भएको जानकारी बाहेकका कुनै पनि ग्राहक सँग सम्बन्धित डाटा मर्चेन्ट सँग शेयर गरिंदैन। प्रयोगकर्ताको आधिकारिकता कनेक्टआईपिएसको आधिकारिक युजर नेम र अन्य credentials को आधारमा गरिने प्रावधान रहेको छ । यद्दपी प्रयोगकर्ताहरूले आफ्नो लग-इन credentials तथा अन्य सम्वेदनशील सुचना/डाटाहरु सुरक्षित राख्नुपर्छ र कुनै पनि अवस्थामा कसैसँग शेयर गर्नु हुँदैन।

प्रणालीमा उपलब्ध अन्य सुरक्षाका प्रावधानहरु के हुन्?

जटिल पासवर्ड क्याप्त्चा: प्रयोगकर्ताले गेटवे मार्फत गर्नेप्रत्येक कारोबारमा क्याप्त्चा प्रविष्ट गर्नुपर्ने हुन्छ यसले स्वचालित उपकरणहरुबाट हुन सक्ने जोखिम न्यूनिकरण गर्दछ। फिसिङ्ग विरुद्धको नियन्त्रण: प्रयोगकर्ताले हरेक पटक लग-इन गर्दा, आफूले रजिष्ट्रेसन गर्दा सेट गरेको तस्विर रवाक्यांश (Phrase) प्रत्येक पटक लगइन पृष्ठमा देखिएको सुनिश्चित गर्नुपर्दछ। दोहोरो प्रमाणीकरण: प्रणालीले प्रत्येक कारोबार को लागि युजरनेम/ पासवर्ड, ट्रान्सज्याक्सन पासवर्ड र ट्रान्सज्याक्सन OTP को प्रमाणीकरण भए पश्चात मात्र कारोबारलाई अगाडी बढाउने प्रावधान रहेको छ।

मैले कनेक्टआईपिएसमा नयाँ युजर कसरी बनाउन सक्छु?

तपाईं बाट नयाँ प्रयोगकर्ता सिर्जना गर्न सक्नुहुन्छ यहाँ वा वैकल्पिक रूपमा मोबाइल एप मार्फत क्लिक गरेर यहाँ एन्ड्रोइड र आईओएस क्लिकको लागि यहाँ। तपाईले तपाइँको प्रयोगकर्तालाई केहि थप जानकारीको साथ प्रयोगकर्ता नाम र पासवर्डको साथ सिर्जना गर्नुहुनेछ।

मलाई पासवर्ड सेट गर्नमा किन समस्या भइरहेको छ?

तपाईंले निम्न मापदण्ड मिलाई एक जटिल पासवर्ड सेटअप गर्न आवश्यक छ : ८ अक्षर लम्बाइ भएको कम्तिमा १ क्यापिटल भएको (A, B,C,D, …..) कम्तिमा १ लोअर केस भएको(a, b, c, d ……) कम्तिमा १ अङ्क भएको(१,२,३,४,…) यी मध्ये कम्तिमा १ विशेष क्यारेक्टर (!,@,#,_,-) भएको

सुरक्षा प्रश्नहरू के हुन् र यो किन आवश्यक छ?

सुरक्षा प्रश्नहरु कुनै स्टेजमा गई युजरको पहिचान पुष्टि गर्न र प्रमाणीकरण गर्नु परेको अवस्थामा उपायको रुपमा प्रयोग गरिने सुरक्षाको साधन हो । यदि तपाईंले आफ्नो लग-इन पासवर्ड बिर्सनुभयो भने तपाईं आफैले आफ्नो पासवर्ड रिसेट गर्न, नेटवर्कको पहुँच परिवर्तन भएको कारण तपाईंले प्रयोग गर्ने डिभाइस ट्रस्टेड नभएको बेला ओटिपि ईमेलमा नआएको अवस्थामा डिभाइसलाई ट्रस्टेड बनाउन जस्ता प्रकृयाहरुको लागि युजरको पहिचान पुष्टी गर्नको लागि यी प्रश्नहरुको सही जवाफ दिन आवश्यक हुन्छ । तपाईंले नयाँ युजर रजिष्ट्रेसन गर्दा यस्ता ३ वटा सुरक्षा प्रश्न चयन गरी तिनका उत्तरहरू राख्नुपर्ने हुन्छ यस्ता प्रश्नहरु र त्यसका जवाफहरु तपाईंले कुनै अवस्थामा पनि कसैलाई शेयर गर्नु हुँदैन ।

कनेक्टआईपिएसमा युजर एक्टिभेसन कसरी गरिन्छ ?

यो प्रक्रिया तपाईंले कनेक्टआईपिएसमा नयाँ युजर बनाउँदा सही मोबाइल नम्बर र ईमेल आईडी प्रविष्ट गर्नुभएको छ कि छैन भनेर सुनिश्चित गर्न प्रयोग गरिन्छ । एक्टिभेसनप्रक्रियाको एक भागको रूपमा तपाईंले प्रविष्ट गर्नुभएको मोबाइल नम्बर र ईमेल आईडी प्रमाणित गर्न आवश्यक छ। पहिलो लग-इनमा, तपाईंलाई ड्यासबोर्डमा प्रमाणीकरणको लिङ्क सहित प्रमाणीकरण बाँकी रहेको भनेर सूचना दिइने छ । “मोबाइलको लागि कोर्ड प्राप्त गर्नुहोस्” मा क्लिक गर्नुहोस् । प्रमाणीकरणको लागि मोबाइलमा प्राप्त भएको OTP कोर्ड प्रविष्ट गर्नुहोस् । “ईमेलको लागिकोर्ड प्राप्त गर्नुहोस्” मा क्लिक गर्नुहोस् । प्रमाणीकरणको लागि ईमेलमा प्राप्त भएको OTP कोर्ड प्रविष्ट गर्नुहोस् । एक्टिभेसन प्रक्रिया सम्पन्न भएपछि, तपाईंले अब आफ्नो बैंक/वित्तिय संस्थामा रहेको खातालाई कनेक्टआईपिएसमालिङ्क गर्न सक्नुहुन्छ ।

मैले मेरो बैंक खाता कसरी लिङ्क गर्न सक्छु?

पहिले तपाईंले आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरेर कनेक्टआईपिएसमालग-इन गर्नु पर्ने हुन्छ, त्यस पछि ड्यासबोर्डमा रहेको ‘बैंक खाता’ भन्ने ट्याबमा क्लिक गर्नुहोस् त्यहाँ ‘खाता लिङ्क गर्नुहोस्’ मा क्लिक गर्नुहोस् तपाईंको बैंक खाताका विवरणहरू भर्नुहोस् (खाता नम्बर र नाम तपाईंको बैंकले प्रदान गरेको विवरण सँग ठ्याक्क मिल्ने गरी ) ‘अनुमोदनको लागि पठाउनुहोस्’ मा क्लिक गर्नुहोस् लिङ्क गरिएको बैंक खाता सम्बन्धि फारम डाउनलोड गर्नुहोस् तपाईंले कुनै पनि सदस्य बैंक र वित्तीय संस्थाहरूमा रहेको आफ्नो विभिन्न खाता (हरू) लाई लिङ्क गर्न सक्नुहुन्छ

अकाउन्ट सेल्फ भेरीफिकेसन भनेको के हो?

अकाउन्ट सेल्फ भेरिफिकेसन सुविधा भएका बैंक/वित्तीय संस्थाहरुका ग्राहकहरूले आफुद्वारा लिङ्क गरिएको बैंक खाताहरुलाई कनेक्टआईपिएसमा आफैले भेरिफिकेसन गरी एक्टिभेट गर्न सक्नुहुन्छ, अर्थात प्रयोगकर्ताले खाता भेरिफिकेसन र एक्टिभेसनको लागि आफ्नो बैंकमा गइ रहन आवश्यक पर्दैन ।

सेल्फ भेरिफिकेसन भएका खाताको लागि प्रति कारोबार सीमा बैंकको अन्तरिक नीति अनुसार फरक हुन सक्छ । यदि तपाईंको बैंकमा यो सुविधा छ भने ‘सेल्फ भेरिफिकेसन’ विकल्प तपाईंको पेन्डिंग बैंक खाताको सूचीमा उपलब्ध हुनेछ ।

मैले आफैले कसरी मेरो खातालाई सेल्फ भेरिफिकेसन गर्न सक्छु?

खाता सेल्फ भेरिफाइ गर्न, उल्लेखित प्रक्रियाहरूको पालना गर्नुहोस्: बैंक खाता लिङ्क गर्न “बैंक अकाउन्ट ” भित्र “मेनेज अकाउन्ट ” मा क्लिक गर्नुहोस् । पेन्डिंग बैंक खाताहरूको सूचीमा पेन्डिंग रहेको बैंक खातामा क्लिक गर्नुहोस् र सेल्फ भेरिफाइमा क्लिक गर्नुहोस् । खाता लिन्क गर्दा भरिएको विवरणको आधारमा तथा बैंकमा दर्ता गरिएको मोबाईल नंबर र कनेक्टआईपिएसमा दर्ता गरिएको मोबाईल नंबर मिलेको खण्डमा सो मोबाइल नंबरमा एउटा OTP प्राप्त हुन्छ । OTP दाखिला गरी प्रमाणित गरे पश्चात , लिङ्क गरिएको खाताको स्थिति ‘AUTO ACCEPT APPROVAL‘ मा परिवर्तन हुनेछ । त्यसपछि प्रणाली मा दुईवटा माइक्रो – डिपोजिट (रु. १ भन्दा कमको रकम ) रकमहरू ग्राहकद्वारा लिङ्क गरेको बैंक खातामा जम्मा हुनेछ । प्रयोगकर्ताले अब आफ्नो खाताको विवरण हेरी ति दुईवटा माइक्रो – डिपोजिट रकम यकिन गरी Micro Deposit XNUMX र XNUMX मा दाखिला गर्नुपर्ने हुन्छ। दुवै माइक्रो – डिपोजिट रकमहरू प्रमाणित भएपछि, लिङ्क गरिएको खाता स्वचालित रूपमा प्रमाणित हुनेछ र खाताको स्थिति ‘ACCEPTED‘ को रूपमा परिवर्तन हुनेछ। यसरि लिङ्क गरिएको बैंक खातालाई अब तोकिएको कारोबार सिमासम्म कारोबारगर्न को लागि प्रयोग गर्न सकिन्छ ।

सेल्फ भेरीफाइ गरिएको खाताको कारोबार सीमा बढाउन के गर्नुपर्छ ?

सेल्फ भेरीफाइ गरिएको खाताको कारोबार सीमा बढाउनको लागि, प्रयोगकर्ताले मेनेज अकाउन्ट भित्र उपलब्ध रहेको “अपडेट लिमिट ” मा क्लिक गर्नुपर्छ र फारम डाउनलोड गरि बैंकमा बुझाउनुपर्छ ।

के म कनेक्टआईपिएसमा धेरै बैंक खाता लिङ्क गर्न सक्छु?

तपाईंले कनेक्टआईपिएसमा एक वा सो भन्दा बढी जति वटा पनि बैंक खाता लिङ्क गर्न सक्नुहुन्छ।

प्राइमरी अकाउन्ट के हो र मैले कसरी प्राइमरी बैंक अकाउन्ट सेट गर्न सक्छु?

यदि कनेक्टआईपिएसमा धेरै बैंक खाताहरू लिङ्क गरिएको छ भने, ती बैंक खाताहरू मध्ये एकलाई प्राइमरी अकाउन्टको रूपमा सेट गर्नुपर्ने हुन्छ । यदि कसैले तपाईंलाई मोबाइल नम्बर प्रयोग गरी फण्ड ट्रान्सफर गर्छ भने रकम सोही प्राइमरी अकाउन्टमा प्राप्त गर्नुहुनेछ। लिङ्क गरि सक्रिय गरिएको पहिलो खाता स्वतः प्राइमरी अकाउन्टको रूपमा सेट हुन्छ ।

आफ्नो प्राथमिक खाता परिवर्तन गर्न। तपाईको लगइन पछि गृह पृष्ठमा जानुहोस् र तपाईले हालको प्राथमिक खाता देख्नुहुनेछ। माथिल्लो दायाँ कुनामा, तपाईंले प्राथमिक परिवर्तनको विकल्प पाउनुहुनेछ>> यसमा क्लिक गर्नुहोस्>> ड्रपडाउनबाट बैंक चयन गर्नुहोस्>> सबमिट गर्नुहोस्।

के मैले कुनै कर्पोरेट बैंक खाताहरू वा धेरै हस्ताक्षरकर्ताहरू भएको खाताहरू लाई लिङ्क गर्न सक्छु?

कनेक्टआईपिएस सामान्यतया बैंक / वित्तीय संस्थाहरुका रिटेल ग्राहकहरूको लागि सानो देखि मध्यम मूल्यको कारोबारहरुको लागि प्रयोग गर्न सकिने प्रणाली हो र यसमा एकल प्रयोगकर्ताको पहुँचको लागि मात्र बिकल्पहरु छन् । त्यसैले, एकल हस्ताक्षरकर्ताले मात्र पहुँच गर्ने खालको बैंक खाताहरू मात्र यसमा लिङ्क गर्न उचित हुन्छ। यद्यपि, बैंकहरूले दोहोरो/ बहु हस्ताक्षरकर्ता खाता (हरू) लाई समेत अपरेटिंग म्यान्डेटको आधारमा लिङ्क गर्ने अनुमति दिन सक्छन्, जसो गर्नको लागि बैंकको अन्तरिक नीति अनुसार थप कागजातहरू समेत आवश्यक पर्न सक्छ।

लेनदेन पासवर्ड के हो? यदि मैले मेरो लेनदेन पिन बिर्सें भने के हुन्छ?

लेनदेन पासवर्ड भनेको ६-अङ्कको पासवर्ड हो जुन तपाईंको कारोबार पूरा गर्न प्रयोग गरिन्छ र लेनदेनको सीमामा आधारित OTP सँग संयोजनमा प्रयोग गर्न सकिन्छ। OTP बिना प्रयोगकर्ता-परिभाषित उच्च मूल्य सीमा सम्मको लेनदेन प्रक्रिया गर्न एक लेनदेन पासवर्ड प्रयोग गरिनेछ। र उच्च मूल्य सीमा भन्दा माथि, लेनदेन प्राधिकरणको लागि लेनदेन पासवर्ड र OTP आवश्यक हुनेछ।

वैकल्पिक रूपमा, प्रयोगकर्ताले लेनदेन प्राधिकरणको समयमा लेनदेन पासवर्डको वैकल्पिक रूपमा लेनदेन फिंगरप्रिन्ट सेट गर्न सक्छ।

यदि तपाईंले लेनदेन पासवर्ड बिर्सनुभएको छ भने, शीर्ष बायाँ कुनामा मेनुमा जानुहोस् र त्यसपछि लेनदेन पासवर्ड विकल्पमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले ‘Forgot transaction password’ मा क्लिक गर्न सक्नुहुन्छ, जसको लागि तपाईको दर्ता गरिएको मोबाइल र इमेलमा OTP प्रमाणीकरण आवश्यक हुनेछ। प्रक्रिया पूरा गर्न कृपया OTP प्रविष्ट गर्नुहोस्।

यदि म विदेशमा बस्दै छु भने म कसरी इमेल मार्फत OTP पहुँच गर्न सक्छु? वा लगइनको क्रममा नयाँ यन्त्र पत्ता लगाइएको विकल्पमा मेरो मोबाइल नम्बरमा पहुँच नभएको खण्डमा म कसरी इमेलमा OTP पहुँच गर्न सक्छु?

connectIPS खाता र connectIPS मार्फत प्रशोधन हुने लेनदेनहरू सुरक्षित गर्ने उद्देश्यका साथ, हामीले विश्वसनीय वेब ब्राउजरको लागि अतिरिक्त नियन्त्रण लागू गर्‍यौं कि OTP मात्र connectIPS प्रयोगकर्ताको दर्ता गरिएको मोबाइल नम्बरमा पठाइयो। अविश्वसनीय/नयाँ ब्राउजरबाट प्रणालीमा पहुँच गर्ने र दर्ता गरिएका मोबाइल नम्बरहरूमा पठाइएका ओटीपीमा पहुँच नभएका प्रयोगकर्ताहरूले connectIPS लगइन गर्दा समस्याहरू सामना गरिरहेका थिए। तसर्थ, त्यस्ता प्रयोगकर्ताहरूको सुविधाको लागि, हामीले तिनीहरूको नयाँ वेब ब्राउजरलाई विश्वसनीय बनाउन तेस्रो कारक प्रमाणीकरणको समाधानको साथ प्रणालीलाई अपग्रेड गरेका छौं ताकि तिनीहरूले दर्ता गरिएको इमेल ठेगानामा पनि OTP प्राप्त गर्न सकून्।

3FA समाधानमा आधारित नयाँ ब्राउजरलाई विश्वसनीय बनाउनका लागि निम्न चरणहरू छन्: · वेब पोर्टल (https://login.connectips.com/ ) मार्फत नयाँ ब्राउजरबाट लगइन गर्नुहोस् र आफ्नो लगइन प्रमाणहरू प्रविष्ट गर्नुहोस्।

पहिलो OTP दर्ता गरिएको मोबाइल नम्बरमा पठाइन्छ। यदि तपाइँसँग दर्ता गरिएको मोबाइल नम्बरमा पहुँच छ भने तपाइँ नयाँ ब्राउजरलाई विश्वसनीय बनाउनको लागि मोबाइलमा प्राप्त भएको OTP मार्फत प्रविष्ट गर्न सक्नुहुन्छ।
यदि तपाइँ दर्ता गरिएको मोबाइल नम्बरमा OTP प्राप्त गर्न सक्षम हुनुहुन्न भने, कृपया लिङ्कमा क्लिक गर्नुहोस् “OTP प्राप्त गर्नुभएन? वैकल्पिक विधिमा जानुहोस्।”
तेस्रो कारक प्रमाणिकरण प्रक्रियाको एक भागको रूपमा, प्रयोगकर्तालाई 3 प्रश्नहरू सोधिन्छ र उसले कम्तिमा 3 सहि उत्तरहरूको जवाफ दिनुपर्छ। प्रश्नहरूमा उसले/उनले दर्ता प्रक्रियाको क्रममा प्रविष्ट गरेको/अपडेट गरेको सुरक्षा प्रश्नहरूको अनियमित संयोजन, connectIPS प्रयोगकर्ताको व्यक्तिगत विवरणहरू, connectIPS बाट हालैको कारोबार विवरणहरू र connectIPS प्रयोगकर्ताको अन्य लिङ्क गरिएको खाता विवरणहरू समावेश छन्।
यदि प्रदान गरिएका जवाफहरू दर्ता प्रयोगकर्ताको रेकर्डसँग मेल खान्छ भने, OTP प्रयोगकर्ताको दर्ता गरिएको इमेल ठेगानामा पठाइन्छ र त्यस्ता OTP ConnectIPS प्रणालीमा लगइन गर्न प्रयोग गर्न सकिन्छ।
यदि प्रदान गरिएको जवाफ दर्ता गरिएको प्रयोगकर्ताको रेकर्डसँग मेल खाँदैन, र यदि तपाईं चेकबक्समा टिक गर्न जारी राख्न चाहनुहुन्छ भने: म बुझ्छु कि मेरा सबै लिङ्क गरिएका बैंक खाताहरू निलम्बित हुनेछन्, OTP प्रयोगकर्ताको दर्ता गरिएको इमेल ठेगानामा पठाइनेछ र त्यस्ता OTP को लागि प्रयोग गर्न सकिन्छ। ConnectIPS प्रणालीमा लगइन गर्नुहोस्। कृपया ध्यान दिनुहोस् कि चेकबक्समा टिक लगाएर प्रक्रिया जारी राख्दै, सबै लिङ्क गरिएका बैंक खाताहरू अस्थायी रूपमा निलम्बित छन्, तपाईंले connectIPS बाट डाउनलोड गरिएको लिङ्क बैंक खाता आवेदन फारमको साथ सम्बन्धित बैंक शाखा भ्रमण गर्न आवश्यक हुनेछ।
यदि तपाइँ जारी राख्न चाहनुहुन्न भने, तपाइँ रद्द बटनमा क्लिक गर्न सक्नुहुन्छ र प्रश्नहरूको सेटको अन्य संयोजनको साथ प्रयास गर्न सक्नुहुन्छ।

कर्पोरेटपे

कर्पोरेटपे भनेको के हो?

CORPORATEPAY एक व्यवसायिक पेमेन्ट प्लेटफर्म हो जुन सदस्य बैंक तथा वित्तीय संस्था ले आफ्नोकर्पोरेट ग्राहकहरूलाई बैंक खाता मार्फत कारोबार गर्नका लागि उपलब्ध गराउछजसले त्यस्ता कर्पोरेटहरूलाई विभिन्न भुक्तानी प्रणाली जस्तै connectIPS, NCHL – IPS, connectRTGS, आदिमा कारोबार गर्ने सुविधा प्रदान गर्दछ। यो च्यानल मार्फत कर्पोरेट प्रयोगकर्ताहरूले विभिन्न बैंकहरूमा राखिएका आफ्ना खाताहरूबाट विभिन्न भुक्तानी प्रणालीहरूमा कारोबारहरू गर्न सक्नुहुन्छ अर्थात बहु बैंक, बहु खाता र बहु प्रणालीहरू यसमा समावेस गर्न सकिन्छ ।

कर्पोरेटपे कसले सञ्चालन गर्छ?

CORPORATEPAY नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) द्वारा स्थापित र संचालित प्रणाली हो। NCHLलाई नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु द्वारा प्रवर्द्धन गरिएको छ ।

कारोबार गर्नको लागि यो प्रणाली कत्तिको सुरक्षित छ?

CORPORATEPAY द्वारा अबिश्वसिलो च्यानलहरूमा सञ्चार गर्दा कारोबारहरू सुरक्षित प्रोटोकल मार्फत मात्र प्रशोधन गरिन्छ र दुवै इण्ड प्वाईन्टहरूमा एक विश्वसनीय Code हुन्छ जुन सुरक्षित इण्ड टु इण्ड ट्रान्सज्याक्सनको लागि आवश्यक हुन्छ। VPN मार्फत CORPORATEPAY मा पहुँच गर्नेहरूका लागि ईन्क्रिप्टेड L2 वा L3 VPN नेटवर्क मार्फत ट्रान्सज्याक्सनहरू कार्यान्वयन गर्ने गरिन्छ।

प्रणालीमा उपलब्ध अन्य सुरक्षाका प्रावधानहरु के हुन्?

प्रणालीमा लग – इन गर्न मल्टी लेभल क्रिडेन्शियल प्रयोग हुन्छ जस अनुसार LXNUMX लग – इन गैर – वित्तीय ट्रान्सज्याक्सन को लागि जेनेरिक लग – इन हुनेछ, साथै LXNUMX लग – इन भने वित्तीय ट्रान्सज्याक्सन प्रशोधनको लागि बैंक specific लग – इन हुनेछ। प्रणालीमा छुट्टै multi level authorization भएकोलेखातामा अनधिकृत पहुँच हुने सम्भावना न्यून रहेको छ। प्रयोगकर्ता नाम र पासवर्डको अतिरिक्त LXNUMX र LXNUMX लगइनमा XNUMXFA समेत लागू गरिएको छ । प्रयोगकर्ता प्रमाणीकरणको लागि एप वा उपकरणमा आधारित प्रमाणीकरण उपायहरु पनि लागू गरिएको छ।

मैले CORPORATEPAY मा नयाँ कर्पोरेट र प्रयोगकर्ता कसरी सिर्जना गर्न सक्छु?

कर्पोरेटहरूले https://corporatepay.connectips.com/#/ बाट आफ्नो कर्पोरेटलाई प्रणालीमा दर्ता गर्नुपर्ने हुन्छ । दर्ताको प्रकृया सकेर कर्पोरेटले आफ्नो सम्बन्धित बैंकमा सम्पर्क गरी इन्रोलमेन्टको लागि फारम मार्फत अनुरोध गर्नु पर्ने हुन्छ ।

CORPORATEPAY प्रयोगकर्ता को सक्रियता?

कर्पोरेट प्रयोगकर्ता को सक्रियतागर्न को लागि प्रयोगकर्ताहरूले आफ्नो मोबाइल फोनमा गुगल अथेन्टिकेटर एप डाउनलोड गर्न आवश्यक छ। त्यसपछि प्रयोगकर्ताले आफ्नो ईमेलमा पठाइएको activation गर्ने लिङ्कमा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताहरूले त्यसपछि एसएमएसमा कोर्ड प्राप्त गर्नुहुनेछ । CORPORATEPAY पोर्टलमा कोर्ड प्रविष्ट गरेपछि, प्रयोगकर्ताहरूलाई प्रयोगकर्ता नाम, कर्पोरेट कोर्ड र आफुले इच्छाएको पासवर्ड सेट गर्ने जस्ता जानकारीहरू प्रविष्ट गर्न पृष्ठमा redirect गरिन्छ । 2FA सेट अप गर्ने पृष्ठमा पुगिन्छ ‘सेट अप 2FA‘ मा क्लिक गरेपछि, एउटा QR कोर्ड CORPORATEPAY UI मा देखिन्छ। अब, प्रयोगकर्ताहरूले डाउनलोड गरिएको Authenticator एप द्वारा CORPORATEPAY UI मा देखाइएको QR कोर्ड स्क्यान गर्नुपर्छ जसले Authenticator एपमा एउटा डाइनामिक कोर्ड सिर्जना हुन्छ। अब प्रत्येक पटक प्रयोगकर्ताले लग-इन गर्दा, यो एपमा सिर्जित कोर्ड प्रविष्ट गर्नुपर्ने हुन्छ ।

मलाई किन लगइन पासवर्ड सेट गर्न समस्या भइरहेको छ?

अन्य बैंकहरू थप्नको लागि नामांकन अनुरोध प्रशासक प्रयोगकर्ताद्वारा पठाउनुपर्छ। यसको लागि, प्रयोगकर्ताले निम्न चरणहरू पालना गर्नुपर्छ:
• प्रशासक प्रयोगकर्तामा लग इन गर्नुहोस्
• कर्पोरेट व्यवस्थापनमा क्लिक गर्नुहोस्
• नामांकन अनुरोधमा क्लिक गर्नुहोस्
• नामांकन फारम भर्नुहोस् र पेश गर्नुहोस्
अब, प्रयोगकर्ताले आफ्नो इमेलमा नामांकन अनुरोध फारम प्राप्त गर्नेछन् र उनीहरूले नामांकनको लागि सम्बन्धित बैंकमा जानुपर्नेछ।

एक्टिभेसन लिङ्कको म्याद सकिएपछि प्रयोगकर्ताहरूलाई कसरी सक्रिय गर्ने?

यदि सक्रियता लिङ्कको म्याद समाप्त हुन्छ, तब प्रयोगकर्ताले निम्नानुसार प्रयोगकर्ताहरूलाई सक्रिय गर्न सक्छन्:
• प्रशासक प्रयोगकर्तामा लग इन गर्नुहोस्
• प्रयोगकर्ता व्यवस्थापन गर्न जानुहोस्
• पुन: पठाउनुहोस् सक्रियता लिङ्कमा क्लिक गर्नुहोस् कार्य स्तम्भमा देखा पर्यो
• अब, प्रयोगकर्ताले आफ्नो इमेलमा सक्रियता लिङ्क प्राप्त गर्नेछन्।

कनेक्टआरटीजीएस

𝘤𝘰𝘯𝘯𝘦𝘤𝘵RTGS भनेको के हो?

connectRTGS बैंकहरू र वित्तीय संस्थाहरू (BFI) को आन्तरिक प्रणालीलाई NRB द्वारा होस्ट गरिएको RTGS प्रणालीसँग एकीकृत गर्ने इन्टिग्रेसन कम्पोनेन्ट हो। यो बैंक तथा वित्तीय संस्थाहरूलाई RTGS कारोबारहरु संचालन गर्ने र प्रशोधन गर्ने सुविधा प्रदान गर्ने गेटवे हो। यसमा RTGS प्रणालीबाट आउने इन्कमिंग ट्रान्सज्याक्सन हरू प्रशोधन गर्नको लागि इन्वार्ड मोड्युल रहेको छ र बाहिर जाने आउटगोइङ्ग ट्रान्सज्याक्सनहरू प्रशोधन गर्नको लागि आउटवार्ड मोड्युल रहेको छ।

नेशनल पेमेन्ट्स इन्टरफेस (NPI)

नेशनल पेमेन्टस इन्टरफेस (NPI) के हो?

नेशनल पेमेन्टस इन्टरफेस (NPI) NCHL ले होस्ट गरेको विभिन्न प्रणालीहरु, connectIPS (रियल – टाइम) र NCHL – IPS (नन्न रियल टाइम) तथा NCHL संग आवद्धअन्य संस्थाहरूद्वारा होस्ट गरिएको भुक्तानी प्रणालीहरू र सेवाहरुको ओपन API प्लेटफर्म अवधारणामा निर्मित consolidated एपलिकेसन प्रोग्रामिङ्ग इन्टरफेस (APIs) हो । NPI अहिले भुक्तानी कारोबारहरुको लागि सेन्ट्रल डोमेस्टिक रेलको रूपमा प्रयोग भइरहेको छ र बैंक र वित्तीय संस्थाहरू (BFIs) वा अन्य सेवा प्रदायकहरू द्वारा प्रदान गरिएका वैकल्पिक च्यानलहरू र/वा ओभरलेइङ सेवाहरूको लागि प्रयोग हुन्छ।

NPI को सदस्यता कसले लिन सक्छ?

कुनै पनि संस्था जसको आन्तरिक प्रणालीहरु बैंक खातामा आधारित कारोबारहरु गर्नको लागि NPI को कम्पोनेन्टहरूसँग एकीकृत गर्ने सक्ने क्षमता छ भने त्यस्तो संस्थाले NPIको सदस्यता लिन सक्छ।

NPI को सेवा वा सदस्यता कसरी प्राप्त गर्ने?

संस्थाहरूले NPI को सदस्यता लिन NCHL सँग सम्झौता गर्न आवश्यक छ। थप विवरण र सदस्यताको लागि कृपया सम्बन्धित बैंकलाई सम्पर्क गर्नुहोस् वा हामीलाई लेख्नुहोस् [email protected]

उपलब्ध सेवाहरू के - के छन्?

हाल NPI को सदस्यता लिने संस्थाले निम्न सेवाहरूमा पहुँच गर्न सक्छ:
• बैंक खाता प्रमाणीकरण गर्ने API को पहुँच।
• फण्ड ट्रान्सफर को लागि कनेक्टआईपीएस (रियल – टाइम) र एनसीएचएल – आईपीएस (नन् रियल टाइम) दुवैमा पहुँच ।
• प्रोसेस भएको कारोबारको जानकारीका लागि रिपोरटिंग API
• अन्य पेमेन्टस API हरू जस्तै FCGO (महालेखा नियन्त्रक कार्यालय) – सरकारी भुक्तानी API, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोष, PSP/PSO – वालेटहरु, बीमा कम्पनीहरू र युटिलिटीका भुक्तानीहरू गर्न सकिने ।

नेपालपे क्यूआर (NEPALPAY QR)

NEPALPAY QR भनेको के हो?

नेपाल राष्ट्र बैंक द्वारा प्रकाशित नेपालQR मापदण्डमा आधारित एवं नेपाल राष्ट्र बैंकको मार्गनिर्देशनको आधारमा संचालनमा आएकोराष्ट्रिय भुक्तानी स्विच (NPS) को एक भागको रूपमा NCHL द्वारा NEPALPAY QR कार्यान्वयन गरिएको छ । QR स्कीमको रुपमा समेत उपलब्ध रहेको उक्त NEPALPAY QR मा QR बीचको अन्तरआबद्धता मर्चेन्ट लेभलमा र नेटर्वक लेभलमा कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

QR मर्चेन्टको लागि कसले आवेदन दिन सक्छ?

व्यवसायिक संस्थाहरूले NEPALPAY QR मर्चेन्ट बन्नको लागि आफ्नो बैंक/ वित्तीय संस्थामा आवेदन दिन सक्नुहुन्छ।

के एउटा मर्चेन्टले दुई वा दुई भन्दा बढी बैंक/ वित्तीय संस्थाहरु मार्फत NEPALPAY QR मा दर्ता गर्न सक्छ?

एउटा मर्चेन्टले दुई वा दुई भन्दा बढी बैंक/ तथा वित्तीय संस्थाहरु मार्फत NEPALPAY QR मा दर्ता गर्न सक्छन् ।

मर्चेन्टले QR मा दर्ता भएपछि आफ्नो दैनिक QR कारोबार कसरी ट्र्याक गर्न सक्छ?

प्रणालीमा सफलतापुर्वक दर्ता भईसकपछि, मर्चेन्ट ले एउटा पोर्टल/एप पाउनु हुनेछ । मर्चेन्टले दर्ताको क्रममा प्रदान गरेको SMS र ईमेलमा आएको credentials को आधारमा उक्त पोर्टलमा लगइन गर्नुपर्ने हुन्छ ।

मर्चेन्टले लगइनको लागि क्रिडेन्शियल कसरी प्राप्त गर्छ?

मर्चेन्टले आफ्नो मर्चेन्ट मर्चेन्ट दर्ताको क्रममा प्रदान गरेकोईमेल / एसएमएस मार्फत क्रिडेन्शियल प्राप्त गर्नुहुनेछ ।

NEPALPAY QR प्रयोग गरेर कसरी कारोबार गर्ने?

NEPALPAY QR बाट गरिने पेमेन्टहरु तपाईंको मोबाइल बैंकिङ एप, वालेट, वा connectIPS बाट नै स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । कृपया पेमेन्ट गर्नु अघि भने एपमा NEPALPAYको लोगो भएको सुनिश्चित गर्नुहोला ।

मोबाइल बैंकिङ/वालेट/ 𝘤𝘰𝘯𝘯𝘦𝘤𝘵IPS एपबाट NEPALPAY QR प्रयोग गरेर कसरी भुक्तानी गर्ने?

आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरेर पहिले आफ्नो मोबाइल बैंकिङ/ वालेट/कनेक्टआईपीएस एपमा लगइन गर्नुहोस् एपमा उपलब्ध भुक्तानी गर्ने विकल्पहरू मध्ये QR Pay/Scan मा क्लिक गर्नुहोस् QR कोड स्क्यान गर्नुहोस् भुक्तानी गर्न इच्छाएको रकम प्रविष्ट गर्नुहोस् । (डाइनामिक QR को सन्दर्भमा, भुक्तानीका विवरणहरू आफै देखिने छ।) अन्य आवश्यक विवरणहरू भर्नुहोस् र ट्रान्सफरमा क्लिक गर्नुहोस् भुक्तानी विवरणहरू पुष्टि गरि “मेक पेमेन्ट” मा क्लिक गर्नुहोस् आफ्नो ट्रान्सज्याक्सन पासवर्ड र/वा OTP प्रयोग गर्नुहोस् भुक्तानी सम्पन्न गर्न सबमिटमा क्लिक गर्नुहोस्

मैले NEPALPAY QR प्रयोग गरेर गरिएको ट्रान्सज्याक्सन का विवरणहरु कसरी हेर्न सक्छु?

यदि ट्रान्सज्याक्सन connectIPS मोबाइल एप मार्फत गर्नुभएको थियो भने, त्यो connectIPS मोबाइल एपमा रहेको ट्रान्सज्याक्सन रिपोर्ट/कारोबारबाट हेर्न सकिन्छ र यदि मोबाइल बैंकिङ वा वालेट एपबाट गर्नुभएको थियो भने, सम्बन्धित मोबाइल बैंकिङ वा वालेटको ट्रान्सज्याक्सन रिपोर्ट/कारोबारमा हेर्नु पर्ने हुन्छ ।

के म NEPALPAY QR प्रयोग गरेर नेपाल सरकारको राजस्व भुक्तानीहरु गर्न सक्छु?

नेपाल सरकारको कर र राजस्व भुक्तानीमा हालै QR बाट भुक्तानीको सुविधाहरु समावेस गरिएको छ। NepalQR स्ट्याण्डर्ड बमोजिमको NEPALPAY QR लाई connectIPSको पेमेन्ट गेटवेमा जोडिएको छ, र उक्त डाइनामिक QR लाई connectIPS एप, मोबाइल बैंकिङ र वालेट लगायतका उपकरणहरूद्वारा स्क्यान गर्न सकिन्छ।

NEPALPAY QR प्रयोग गरेर नेपाल सरकारको राजस्व कसरी तिर्ने?

सर्वप्रथम नेपाल सरकारको सम्बन्धित पोर्टलमा गई राजस्व विवरणहरू सबै भर्नुहोस् । तपाईंले भुक्तानी गर्नको लागि FCGO को पोर्टल पनि प्रयोग गर्न सक्नुहुन्छ। पोर्टलबाट EBP नम्बर (भउचर नम्बर) सिर्जना गर्नुहोस् । प्रोसिड टु पेमेन्टमा क्लिक गरि connectIPS चयन गर्नुहोस्, यसले नियमित भुक्तानी गेटवे क्रिडेन्शियलको साथमा एउटा डाइनामिक NEPALPAY QR समेत देखाउने छ। NEPALPAY QR को सुविधा उपलब्ध रहेको कुनै पनि मोबाइल एप / वालेटबाट देखाएको QR स्क्यान गर्नुहोस् । connectIPS एप, मोबाइल बैंकिङ, वा वालेट लगायतका तपाईंको मोबाइल एपहरुमा NEPALPAY QR स्क्यान गर्नको लागि सुविधा छ कि छैन भनेर चेक गर्नुहोस्। भुक्तानी विवरणहरू ठिक भएको यकिन गरि भुक्तानी गर्नुहोस् ।

ग्राहकहरूबाट भुक्तानी लिनको लागि मैले मेरो व्यवसायलाई NEPALPAY QR मा कसरी दर्ता गर्न सक्छु?

NEPALPAY QR मा मर्चेन्ट को रुपमा आबद्ध गराई रहेको आफ्नो खाता रहेको बैंक/वित्तीय संस्था वा सेवा प्रदायकलाई NEPALPAY QR मा व्यवसाय दर्ता गर्नका लागिसम्पर्क गर्नु पर्ने हुन्छ ।अनुरोधको आधारमा बैंक वित्तीय संस्थामा सेवा प्रदायकले प्रणालीमा आवश्यक दर्ता प्रक्रिया पूरा गरी ग्राहकहरूले स्क्यान गर्न र भुक्तानी गर्नको लागि तपाईंलाई एउटा मर्चेन्ट कोड र QR प्रदान गर्नुहुनेछ।

मैले किन मेरो मोबाइल बैंकिङ एपबाट NEPALPAY QR स्क्यान गर्न सकिरहेको छैन? वा मैले QR स्क्यान गर्दा किन हरेक पटक इन्भ्यालिड QR/ सर्भर इरर आइरहेको छ?

NEPALPAY QR स्क्यान गर्नको लागि तपाईंको मोबाइल बैंकिङ प्लेटफर्म NEPALPAY QR सँग जोडिएको हुनुपर्छ। हाल, यो सबै वाणिज्य बैंक हरु, अन्य विभिन्न बैंक/वित्तीय संस्थाहरू, वालेटहरू र कनेक्टआईपीएस मोबाइल एपको मोबाइल बैंकिङ प्लेटफर्ममा उपलब्ध छ । NEPALPAY QR को सुविधा भएका एपहरूको सूची हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

मैले किन NEPALPAY QR बाट अन्य QR हरू स्क्यान गर्न सकिरहेको छैन?

हाल, NEPALPAY नेटवर्कसँग जोडिएका QR हरूको (NEPALPAY QR र SMART QR) पेमेन्ट भुक्तानीको लागि मात्र यसले स्क्यान गर्न सकिन्छ । भुक्तानीहरु गर्दा कृपया NEPALPAY लोगो वा SMART QR Logo छ कि छैन भन्ने हेरेर मात्र भुक्तानी गर्नुहोला ।

के मैले NEPALPAY QR प्रयोग गरेर QR बाट भुक्तानी गर्दा शुल्क लाग्छ?

हाल, NEPALPAY QR मार्फत भुक्तानीहरु गर्दा कुनै पनि शुल्क लाग्ने गरेको छैन ।

इस्सुइङ्ग र अक्क्वारीइङ्ग हाल कुन कुन बैंकहरुले गर्दै आएका छन्?

NEPALPAY QR सँग जोडिएका इस्सुइङ्ग उपकरणहरू (मोबाइल एप र वालेट) र connectIPS मोबाइल एप प्रयोग गरेर QR स्क्यान गरि NEPALPAY नेटवर्कमा QR मार्फत भुक्तानीहरु गर्न सकिन्छ। NEPALPAY QR मार्फत ‘स्क्यान एण्ड पे’ को सुविधा भएका Issuing उपकरणहरूको सूचीको लागि यहाँ क्लिक गर्नुहोस् ।

संस्थागत ग्राहकहरूले आफ्नो सम्बन्धित बैंक/वित्तीय संस्था वा सेवा प्रदायकहरू मार्फत NEPALPAY QR अन्तर्गतको मर्चेन्टको रूपमा आफूलाई दर्ता गराई आफ्ना भुक्तानीहरु डिजिटल रूपमा प्राप्त गर्न सक्नु हुन्छ। NEPALPAY QR का लागि हाल रहेका Aquiring बैंक/वित्तीय संस्थाहरू र/वा सेवा प्रदायकहरूको सूचीको लागि यहाँ क्लिक गर्नुहोस् ।

नेशनल आर्काइभ सिस्टम

नेशनल चेक आर्काइभ भनेको के हो?

नेशनल चेक आर्काइब सदस्य बैंक/वित्तीय संस्थाहरूलाई पुरानो चेकहरू र तिनीका कारोबार विवरणहरूको पहुँच प्रदान गर्नको बनाइएको प्रणाली हो ।

NCHL - IPS आर्काइब भनेको के हो?

NCHL-IPS सदस्यहरूलाई तीन महिना देखि ७ वर्ष सम्म पुरानो (हालको आर्काइब नीति अनुसार) कारोबारका विवरणहरुमा पहुँच dina प्रदान गरिएको थप सेवा हो । सदस्यहरूले यस्ता पुराना कारोबारहरू हेर्नको लागि NCHL लाई सम्पर्क गर्नुपर्ने हुन्छ ।