CORPORATEPAY

कर्पोरेटपे

कर्पोरेटपे (CORPORATEPAY) प्रणाली एक व्यावसायिक भुक्तानी प्लेटफर्म हो जसले सदस्य बैंक/वित्तीय संस्थाहरू (BFIs) का कर्पोरेट र व्यावसायिक ग्राहकहरूलाई सदस्य बैंक /वित्तीय संस्थाहरूमा रहेको कुनै पनि खाताहरूबाट डिजिटल भुक्तानी गर्ने क्षमता दिन्छ। यसले व्यापारिक ग्राहकहरूलाई NCHL – IPS प्रणाली मार्फत नन्-रियल टाइममा भुक्तानी गर्ने र कनेक्टआईपीएस ई-भुक्तानी प्रणाली मार्फत रियल टाइममा भुक्तानी गर्ने सुविधा प्रदान गर्दछ ।

 

उपलब्ध सेवाहरू

  • इन्टरबैंक र इन्ट्रा-बैंक फण्ड ट्रान्सफर
  • तलब भुक्तानी
  • विक्रेता भुक्तानी
  • सरकारी कर र राजस्व भुक्तानी
  • सामाजिक सुरक्षा कोष (SSF)को भुक्तानी
  • कर्मचारी सञ्‍चय कोष (EPF)को भुक्तानी
  • नागरिक लगानी कोष (CIT)को भुक्तानी
  • भन्सार विभाग (DOC) को भुक्तानी
  • क्रेडिटर/ सेवाको भुक्तानी
  • खाताको विवरण
  • अन्य भुक्तानीहरू

कर्पोरेटपेमा कसरी आबद्ध हुने ?

संस्था आफैले https://corporatepay.connectips.com/#/login मा गई दर्ता हुन सकिन्छ र त्यसपछि दर्ता प्रक्रिया पूरा गर्नका लागि बैंकलाई आवश्यक कागजातहरू उपलब्ध गराई आबद्ध हुन सकिन्छ। संस्थाले एउटै कर्पोरेटपेमा धेरै वटा बैंक खाताहरू लिंक गर्न सक्दछ।

 गैर बैंकिङ्ग संस्थाहरुले कुनै पनि सदस्य बैंक /वित्तीय संस्था मध्ये एकलाई सेटलमेन्ट बैंकको रुपमा राखेर अप्रत्यक्ष वा प्राविधिक सदस्यको रूपमा आबद्ध हुन सकिने व्यवस्था रहेको छ । संस्थाले आफ्नो विभिन्न बैंक खाताहरू लिंक गरी एउटै NPI मार्फत आफ्नो कारोबारहरुको व्यवस्थापन वा सञ्चालन गर्न सक्नेछ। इच्छुक संस्थाले आफ्नो बैंकलाई सम्पर्क गरी वा थप विवरणको लागि [email protected] मा सम्पर्क गरी प्रणालीमा आबद्ध हुन सक्नु हुनेछ। [email protected] नामांकनको लागि थप विवरणहरूको लागि।

 

 

 

CORPORATEPAY प्रणालीमा अनलाइन रजिष्ट्रेसनको सुविधा सहित विभिन्न सुविधा र सेवाहरु थप गरी अपग्रेड गरिएको छ।