Introduction

परिचय

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) नेपाल राष्ट्र बैंकको नेतृत्व र मार्गदर्शनमा २३ डिसेम्बर २००८ (८ पौष, २०६५) मा स्थापित एक पब्लिक लिमिटेड कम्पनी हो । यसमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरू, विकास बैंकहरू र फाइनान्स कम्पनीहरूको शेयर स्वामित्व (equity participation) रहेको छ । प्रविधिमा आधारित बैंकिङ र वित्तीय – उन्मुख सेवाहरूले बैङ्क र वित्तीय संस्थाहरू (BFIs) को दक्षता, र उत्पादकत्व सुधार गर्न र उनीहरूका ग्राहकहरूलाई नवीन वित्तीय सुबिधाहरू प्रदान गर्नको लागि प्रमुख भूमिका खेल्दछ भन्ने NCHL को मान्यता रहेको छ जसअनुसार बैङ्क र वित्तीय संस्थाहरुले पूर्वाधारहरुमा ठुलो लगानी गर्नु नपर्ने गरी प्रविधिमा आधारित विभिन्न भुक्तानी सम्बन्धित सेवाहरू प्रदान गर्न NCHL ले सहयोग र सहजीकरण गर्ने गरेको छ ।

नेपालमा विभिन्न भुक्तानी प्रणालीहरु का साथै क्लियरिङ्ग र सेटलमेन्ट प्रणाली स्थापना गर्ने रणनीतिक उद्देश्य अनुसार NCHL ले हाल इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (NCHL – ECC), अन्तर बैंक भुक्तानी प्रणाली (NCHL – IPS), रिटेल पेमेन्ट स्वीच (RPS), connectIPS, CORPORATEPAY, connectRTGS र नेशनल पेमेन्ट इन्टरफेस (NPI) सञ्चालन गरिरहेको छ।

नेपाल राष्ट्र बैंक (NRB) को मार्गनिर्देशन र स्वीकृती अनुसार NCHL ले हाल नेशनल पेमेन्ट स्विच (NPS) परियोजना कार्यान्वयन गरिरहेको छ। परियोजनाको पहिलो चरण अन्तर्गत रिटेल पेमेन्ट स्वीच (RPS) सुरु भइसकेको छ जसले कार्ड बाहेकको रिटेल कारोबारहरुको अन्तरआबद्धतालाई सम्भव गराई कारोबारहरुको प्रोसेसिंग तथा फस्र्योट गराउनुको साथै NEPALPAY QR स्कीमको स्थापना समेत गरेको छ। हाल कार्यान्वयनको चरणमा रहेको NPS को दोस्रो चरणले कार्ड सम्बन्धी कारोबारहरुको अन्तरआबद्धतालाई सम्भव गराउने छ जसअन्तर्गत नेपालको लागि Interoperable कार्ड स्विच र नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम रहेको छ ।

बैंक/वित्तीय संस्थाहरू NCHL प्रणालीमा सहभागी सदस्यको रूपमा आबद्ध हुने र आफ्ना विभिन्न भुक्तानी र अन्य कारोबारहरुको सञ्चालन र क्लियरिङ्ग गराउने गर्छन् । गैर – बैंकिङ्ग संस्थाहरू NCHL को भुक्तानी प्रणालीहरूबाट आफ्नो सम्बन्धित बैंकहरू मार्फत भुक्तानी र कारोबार गर्नको लागि NCHL प्रणालीमा अप्रत्यक्ष वा प्राविधिक सदस्यहरूको रूपमा आबद्ध हुने गर्छन् ।

 

 

 

 

हाम्रो दूरदृष्ट्रि

  • विद्युतीय भुक्तानी र सेटलमेन्ट सेवाहरूको अग्रणी प्रदायक हुने
 

हाम्रो मिशन

NCHL को लक्ष्यहरू निम्न छन्:

  • क्लियरिङ्ग, भुक्तानी र सेटलमेन्टका लागि राष्ट्रिय स्तरका प्रणालीहरू स्थापना र सञ्चालन गर्ने।
  • नेपालमा सुरक्षित र भरपर्दो नयाँ भुक्तानी विधि र प्रविधिहरूको विकासमा सहयोग पुर्याउने ।
  • शेयरधनीहरूको मूल्यको संरक्षण र वृद्धि गर्ने ।
  • कर्मचारीहरूको रोजाईको संगठनको रूपमा स्थापना गर्ने ।

हाम्रा मूल्यहरू

  • NCHL ले नैतिकता, निष्ठा र समुहगत सहभागिताको उच्चतम मापदण्डलाई महत्त्व दिन्छ । NCHL आफ्ना सदस्यहरू, शेयरधनीहरू, साझेदारहरू र कर्मचारीहरूप्रति प्रतिबद्ध छ ।