इएफटि कार्ड सर्भिसेस

इएफटि कार्ड सर्भिसेस

इएफटि कार्ड सर्भिसेस विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नेटवर्कमा सदस्य बैंक वित्तीय संस्थाहरुलाई सेन्ट्रल स्विचिङ्ग सोलुसनको रुपमा इसुइङ्ग तथा अक्वारिङ्गका कार्ड सम्बन्धी भुक्तानीहरु प्रदान गर्ने सुविधा हो । यस सेवा मार्फत एटिएम, पिओएस, इकमर्स लगायतका च्यानलहरु मार्फत हुने कार्ड सम्बन्धी भुक्तानीहरु राउटिङ्ग हुने गर्दछन् ।

हाल ११ सदस्य बैंक वित्तीय संस्थाहरु मार्फत ४० लाख भन्दा बढि कार्डहरु, १६००ं एटिएमहरु तथा १०,०००ं पिओएस मसिनहरु सञ्चालनमा रहेका छन् ।

उपलब्ध सेवाहरू

  • कार्ड इसुइङ्ग तथा अक्वारिङ्गइएफटि कार्ड सोलुसनले सदस्य बैंक वित्तीय संस्थाहरुलाई डेबिट, क्रेडिट र प्रिपेड कार्ड सम्बन्धी इसुइङ्ग तथा अक्वारिङ्गको पूर्ण सेवा उपलब्ध गराउँदछ । हाल भिसाका लागि इसुइङ्गको सेवा तथा भिसा, मास्टरकार्ड र युनियनपेका लागि अक्वाएरिङ्गगको सेवा प्रदान गर्दै आएको छ । यस मार्फत कन्ट्याक्टलेस कारोबारहरुपनि गर्न सकिन्छ ।
  • कार्ड पर्सानलाईजेसनकार्ड पर्सानलाईजेसन सुविधाले कार्डको चिपमा कार्ड प्रयोगकर्ताको नाम, कार्ड नंबर, सिभिभि नंबर, कार्डको एक्सपायरि मिती दाखिला गर्ने सेवा प्रदान गर्दछ । जसले गर्दा सदस्य बैंक वित्तीय संस्थाहरुले कार्ड सम्बन्धी जानकारी प्राप्त गर्नका साथै आवश्यक्ता अनुसार कार्ड प्रिन्ट पनि गर्न सक्दछन् ।
  • टर्मिनल म्यानेजमेन्टटर्मिनल म्यानेजमेन्ट अन्तर्गत सहज रुपमा सञ्चालन गर्न टर्मिनलहरु सेटअप गर्ने , कन्फिगर गर्ने तथा मनिटर गर्ने कार्य गरिन्छ । यसबाट विभिन्न टर्मिनलहरुमा भएका कारोबारहरु पूर्ण रुपमा फछ्र्यौट गर्ने गरिन्छ ।
  • कारोबार फछ्र्यौट तथा रिपोर्टिङ्ग यस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु बीच कार्डमा आधारित भुक्तानीहरु प्रसोधन हुने फछ्र्यौट हुने तथा रिपोर्ट तयार गरिने सुविधा रहेको छ ।
  • 3D Secure ACS ( Access Control Server)3D Secure ACS ( Access Control Server) अन्लाइन भुक्तानी प्रणालीमा थप सुरक्षाका निम्ती प्रयोग गरिने एक सेक्युरिटी प्रोटोकोल रहेको छ । यस प्रोटोकोल मार्फत कार्डका प्रयोगकर्ताहरुले अन्लाइन भुक्तानी कारोबार गर्दा पिन, पासवर्ड तथा ओटिपि प्रयोग गरी सुरक्षित रुपमा कारोबार गर्न सक्दछन् ।
  • इकमर्स पेमेन्ट गेटवे इकमर्स पेमेन्ट गेटवे मार्फत कार्डबाट अन्लाइन भुक्तानी कारोबारहरु गर्न सकिन्छ । यस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरुले अन्लाइन भुक्तानीको माध्यममा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने तथा ग्राहकहरुबाट अन्लाइन भुक्तानी लिने माध्यम दिन आवश्यक सुविधा प्रदान गर्दछ ।
  • ग्रीन पिनपहिलो पटक कार्डबाट भुक्तानी कारोबार गर्नका निम्ती कार्ड एक्टिभेट गर्न कार्ड प्रयोगकर्ताको रजिष्टर्ड मोबाइल नंबरमा ग्रीन पिन पठाइन्छ । साथै यस अन्तर्गत एटिएम तथा पिओएस मार्फत पिन परिवर्तन गर्न सकिने सुविधा पनि रहेको छ ।
  • कार्ड लेस विड्रअल यस सुविधा अन्तर्गत कार्ड प्रयोगकर्ताले भौतिक कार्ड बिना नै एटिएम मसिनबाट नगद झिक्न सक्दछन् । भौतिक कार्डको सट्टामा प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप अथवा कनेक्टआइपिएस प्रयोग गरी नगद झिक्न सक्दछन् । यसमा ओटिपिको प्रयोग गरी नगद झिक्न सकिन्छ ।
  • वेब सर्भिसेस एपिआइ यस सुविधा अन्तर्गत कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड सम्बन्धी विभिन्न कार्यहरु जस्तै कार्ड एक्टिभेसन, पिन बदल्ने , कार्ड ब्लक तथा अनब्लक गर्ने गर्न सक्दछन् । यो सुविधा अन्तर्गत जानकारी रियल टाइममा अपडेट हुने गर्दछ ।
  • भिसा स्क्यान टु पेयस सुविधा मार्फत कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्डलाई मोबाइल एपमा जोड्ने तथा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । यस्ता कारोबारहरु भौतिक कार्ड बिना नै गर्न सकिन्छ ।
  • भिसा डाइरेक्ट फण्ड रिसिट भिसा डाइरेक्ट फण्ड रिसिट यस सुविधा मार्फत संसार भरी रियल टाइममा व्यक्ति , संस्था तथा बैंक वित्तीय संस्था बीच फण्ड ट्रान्स्फर गर्न सकिन्छ । यस सेवा मार्फत सदस्य बैंक वित्तीय संस्थाका कार्ड प्रयोगकर्ताहरुले हाल १०० भन्दा बढि देशहरुका बैंक वित्तीय संस्थाहरुबाट रकम प्राप्त गर्न सक्दछन् ।
  • मनिटरिङ्गग एण्ड हेल्पडेस्कमनिटरिङ्गग एण्ड हेल्पडेस्क दिनको चौबिसै घण्टा, हफ्ताको सातै दिन उपलब्ध रहेको मनिटरिङ्गग टिम मार्फत बैंक वित्तीय संस्था तथा सम्बन्धित ग्राहकहरुलाई आवश्यक्ता अनुरुप सपोर्ट सुविधा प्रदान गर्दै आएको छ ।