Alipay+ को मोबाइल पेमेन्ट पार्टनरका प्रयोगकर्ताहरुले अब NEPALPAY QR लाई स्क्यान गरेर नेपालमा रहेका कुनै पनि मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्छन् । NEPALPAY QR स्ट्याटिक, डाइनामिक तथा गेटवे क्यूआरको रुपमा भुक्तानीका लागि उपलब्ध रहेको छ र यसमा अन्तरआवद्ध SmartQR सहित ८७५,००० भन्दा बढी मर्चेन्टहरू रहेका छन् ।
Alipay+ ३० भन्दा बढि इस्यूइंग इन्स्ट्रुमेन्टको एकिकृत नेटवर्क हो र यसमा विश्वभरका ६६ देशका ३०० भन्दा बढि अक्वायरिंग नेटवर्क तथा सेवा प्रदायकहरु सहित ९ करोड ग्लोबल मर्चेन्टहरु रहेका छन् । Alipay+ मार्फत दक्षिणपूर्वि एशिया र अफ्रिका लगायतका क्षेत्रका प्रमुख इ–वालेटका लाखौं प्रयोगकर्ताहरुले भुक्तानी गर्न सक्छन् । Alipay+ को क्रस–बोर्डर पेमेन्टस् तथा डिजिटलाइज्ड सोलुसन मार्फत ग्राहकहरुले आफ्नो डिजिटल वालेट तथा मोबाइल बैंकिङ्ग एपबाट सहजै स्थानीय मर्चेन्टमा भुक्तानी गर्न सक्नेछन् ।
मर्चेन्टले NEPALPAY QR प्राप्त गर्न आफ्नो बैंकलाई सम्पर्क गरी QR बाट आफ्ना भुक्तानीहरु प्राप्त गर्न सक्नु हुनेछ । हाल अन्तरराष्ट्रिय भुक्तानीहरु प्राप्त गर्न इनेबल भएका बैंक वित्तीय संस्थाहरु :