Alipay+ मोबाइल पेमेन्ट पार्टनर

Alipay+

Alipay+ को मोबाइल पेमेन्ट पार्टनरका प्रयोगकर्ताहरुले अब NEPALPAY QR लाई स्क्यान गरेर नेपालमा रहेका कुनै पनि मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्छन् । NEPALPAY QR स्ट्याटिक, डाइनामिक तथा गेटवे क्यूआरको रुपमा भुक्तानीका लागि उपलब्ध रहेको छ र यसमा अन्तरआवद्ध SmartQR सहित ८७५,००० भन्दा बढी मर्चेन्टहरू रहेका छन् ।

Alipay+  ३० भन्दा बढि इस्यूइंग इन्स्ट्रुमेन्टको एकिकृत नेटवर्क हो र यसमा विश्वभरका ६६ देशका ३०० भन्दा बढि अक्वायरिंग नेटवर्क तथा सेवा प्रदायकहरु सहित ९ करोड ग्लोबल मर्चेन्टहरु रहेका छन् । Alipay+ मार्फत दक्षिणपूर्वि एशिया र अफ्रिका लगायतका क्षेत्रका प्रमुख इ–वालेटका लाखौं प्रयोगकर्ताहरुले भुक्तानी गर्न सक्छन् । Alipay+ को क्रस–बोर्डर पेमेन्टस् तथा डिजिटलाइज्ड सोलुसन मार्फत ग्राहकहरुले आफ्नो डिजिटल वालेट तथा मोबाइल बैंकिङ्ग एपबाट सहजै स्थानीय मर्चेन्टमा भुक्तानी गर्न सक्नेछन् ।

NEPALPAY QR scan गर्न सकिने एपहरु :
  • Alipay (चिनियाँ मेनल्याण्ड)
  • AlipayHK (हङकङ एसएआर)
  • Tinaba (इटाली)
  • MPay (मकाओ एसएआर)
  • Touch ‘n Go eWallet र पब्लिक बैंक बर्हाडको MyPB (मलेशिया)
  • Hipay (मंगोलिया)
  • GCash (फिलिपिन्स)
  • Changi Pay र OCBC Digital (सिंगापुर)
  • Naver Pay, Kakao Pay र Toss Pay (दक्षिण कोरिया)
  • TrueMoney (थाइल्याण्ड)
NEPALPAY QR कसरी प्राप्त गर्ने ? :

मर्चेन्टले NEPALPAY QR प्राप्त गर्न आफ्नो बैंकलाई सम्पर्क गरी QR बाट आफ्ना भुक्तानीहरु प्राप्त गर्न सक्नु हुनेछ । हाल अन्तरराष्ट्रिय भुक्तानीहरु प्राप्त गर्न इनेबल भएका बैंक वित्तीय संस्थाहरु :

१.  कृषी विकास बैंक

२. सिटिजन्स् बैंक ईन्टरनेशनल

३.  एभरेष्ट बैंक

४.   माछापुच्छ्रे बैंक

५. नेपाल बैंक

६.  नेपाल इन्भेष्ट्मेन्ट मेगा बैंक

७. एनएमबि बैंक

८.  प्राईम कमर्शियल बैंक

९. राष्ट्रिय वाणिज्य बैंक

१०. सानिमा बैंक

११.  सिद्धार्थ बैंक

१२. महालक्ष्मी विकास बैंक