Alipay+ मोबाइल पेमेन्ट पार्टनर

Alipay+

Alipay+ को मोबाइल पेमेन्ट पार्टनरका प्रयोगकर्ताहरुले अब NEPALPAY QR लाई स्क्यान गरेर नेपालमा रहेका कुनै पनि मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्छन् । NEPALPAY QR स्ट्याटिक, डाइनामिक तथा गेटवे क्यूआरको रुपमा भुक्तानीका लागि उपलब्ध रहेको छ र यसमा अन्तरआवद्ध SmartQR सहित ८७५,००० भन्दा बढी मर्चेन्टहरू रहेका छन् ।

Alipay+  ३० भन्दा बढि इस्यूइंग इन्स्ट्रुमेन्टको एकिकृत नेटवर्क हो र यसमा विश्वभरका ६६ देशका ३०० भन्दा बढि अक्वायरिंग नेटवर्क तथा सेवा प्रदायकहरु सहित ९ करोड ग्लोबल मर्चेन्टहरु रहेका छन् । Alipay+ मार्फत दक्षिणपूर्वि एशिया र अफ्रिका लगायतका क्षेत्रका प्रमुख इ–वालेटका लाखौं प्रयोगकर्ताहरुले भुक्तानी गर्न सक्छन् । Alipay+ को क्रस–बोर्डर पेमेन्टस् तथा डिजिटलाइज्ड सोलुसन मार्फत ग्राहकहरुले आफ्नो डिजिटल वालेट तथा मोबाइल बैंकिङ्ग एपबाट सहजै स्थानीय मर्चेन्टमा भुक्तानी गर्न सक्नेछन् ।

NEPALPAY QR scan गर्न सकिने एपहरु :
  • Alipay (चिनियाँ मेनल्याण्ड)
  • AlipayHK (हङकङ एसएआर)
  • Tinaba (इटाली)
  • MPay (मकाओ एसएआर)
  • Touch ‘n Go eWallet र पब्लिक बैंक बर्हाडको MyPB (मलेशिया)
  • Hipay (मंगोलिया)
  • GCash (फिलिपिन्स)
  • Changi Pay र OCBC Digital (सिंगापुर)
  • Naver Pay, Kakao Pay र Toss Pay (दक्षिण कोरिया)
  • TrueMoney (थाइल्याण्ड)
NEPALPAY QR कसरी प्राप्त गर्ने ? :

मर्चेन्टले NEPALPAY QR प्राप्त गर्न आफ्नो बैंकलाई सम्पर्क गरी QR बाट आफ्ना भुक्तानीहरु प्राप्त गर्न सक्नु हुनेछ । हाल अन्तरराष्ट्रिय भुक्तानीहरु प्राप्त गर्न इनेबल भएका बैंक वित्तीय संस्थाहरु :

  • कृषि विकास बैंक
  • सिटिजन्स् बैंक ईन्टरनेशनल
  • एभरेष्ट बैंक
  • एक्सल डेभलपमेन्ट बैंक
  • गरिमा विकास बैंक
  • ग्लोबल आईएमई बैंक
  • गुडविल फाइनान्स कम्पनी
  • ग्रिन डेभलपमेन्ट बैंक
  • आईसीएफसी फाइनान्स
  • ज्योति विकास बैंक
  • कामना सेवा विकास बैंक
  • कुमारी बैंक
  • लक्ष्मी सनराइज बैंक
  • लुम्बिनी विकास बैंक
  • माछापुच्छ्रे बैंक
  • महालक्ष्मी विकास बैंक
  • मुक्तिनाथ विकास बैंक
  • नबिल बैंक
  • नेपाल बैंक
  • नेपाल इन्भेष्ट्मेन्ट मेगा बैंक
  • एनआइसी एशिया बैंक
  • एनएमबि बैंक
  • प्रभु बैंक
  • प्राईम कमर्शियल बैंक
  • राष्ट्रिय वाणिज्य बैंक
  • सानिमा बैंक
  • सिद्धार्थ बैंक
  • सांग्रिला डेभलपमेन्ट बैंक
  • खल्ती